लिटिल आइडलको उपाधि प्रतिस्नालाई

१९ श्रावण २०७१, सोमबार ०७:५२ मा प्रकाशित

3काठमाडौं । ५० प्रतिष्पर्धीलाई उछिन्दै प्रतिस्ना केसीले ‘मिस लिटिल आइडल २०१४’ को उपाधि चुमेकी छन् । भक्तपुरको बालकोटस्थित मेरिगोल्ड इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा सातमा अध्ययनरत प्रतिस्नाले उपाधिसँगै २० हजार रुपियाँ पुरस्कार प्राप्त गरिन् ।
गीती एल्बम ‘पहिलो बोली’ श्रोतामाझ ल्याइसकेकी उनी हाल रेडियो नेपालकी समाचार वाचिका हुन् । एक्सन इन्टरटेनमेन्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा सहारा एकेडेमीमा कक्षा ८ मा अध्ययनरत स्नेहा जर्घा मगर र नक्सालस्थित मल्पी सिटी स्कुलमा कक्षा ६ मा अध्ययनरत समिरा अधिकारी क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए ।
बिजेता प्रतिस्नाले बाल प्रतिभा पुरस्कार २०७०, उत्कृष्ठ बाल गायिका २०७०, बालसाहित्य शिशुुसेवा राष्ट्रिय पुरस्कार २०६९ लगायत विभिन्न पुरस्कार प्राप्त गरेकी छन् ।
प्रतियोगितामा निहा राई मिस पंचुअल, परामिता गुरुङ मिस इनोक्सेन्ट, पुमाट्रेस राई मिस स्माइल, रीतिका डंगोल मिस बेस्ट हेयर, सुजाता गुरुङ मिस फ्रेण्डसिप, क्यारोना कार्की मिस फोटोजेनिक, ऋचा पासवाल मिस कसिस पण्डित मिस डिस्सिप्लिन र कृपा लामा मिस ट्यालेन्ट घोषित भएका छन् ।
मिस लिटिल आइडलको छैटौं संस्करण २४ विद्यालयका ५१ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै