जेठ १४ भित्रै नयाँ संविधान जारी गर्न राष्ट्रपतिको आब्हान

११ जेष्ठ २०६९, बिहीबार १२:१३ मा प्रकाशित

काठमाडौ, ११ जेठ ।  राष्ट्रपति डा. रामवरण यादवले जेठ १४ भित्रै नयाँ संविधान जारी गर्न आग्रह गरेका छन् । निर्वाचन आयोगमा निर्मित निर्वाचन शिक्षा तथा सुचना केन्द्रको बिहीबार आयोग परिसरमा उद्घाटन गर्दै राष्ट्रपति यादवले लोकतन्त्रको विकासको निम्ती संविधान अपरिहार्य भएको बताए ।
उनले नेपाली जनताको पहिलो चाहना जेठ १४ भित्रै संविधान आओस भन्ने रहेको उल्लेख गर्दै सभामुखलाई राष्ट्र र सबै नेपालीको तर्फबाट त्यसका लागि आग्रह समेत गरेका थिए ।
राष्ट्रपति डा यादवले शिलापत्र अनावरण, एनिमेसन शुभारम्भ र बेलुन उडाई केन्द्रको उद्घाटन गरेका थिए । अस्ट्रेलियाली सरकारको सहयोगमा निर्मित यो केन्द्रमा नेपाली नागरिक तथा मतदातालाई निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराइने आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक