संविधान जारी हुने सुनिश्चित नभएसम्म प्रधानमन्त्रीले राजिनामा नगर्ने

११ जेष्ठ २०६९, बिहीबार ११:५६ मा प्रकाशित

काठमाडौ, ११ जेठ । एकीकृत नेकपा माओवादी स्थायी कमिटि बैठकले संविधान जारी हुने सुनिश्चित नभएसम्म सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । नयाँ संविधान घोषणा हुने परिस्थिति बनेपछि मात्र पाँच बुँदे सहमति अनुसार नै प्रधानमन्त्रीले राजीनामा दिने निर्णय भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । त्यसैगरी नेपाली काङग्रेस र नेकपा एमाले संविधानसभा विघटन गर्ने षड्यन्त्रमा लागेको निष्कर्ष निकालेको छ । पहिचानसहितको संघीयता कायम गर्न अस्वीकार गरेको र विवादित विषयहरुमा मतदान प्रक्रियामा पनि जान नचाहेकोले काङ्ग्रेस र एमालेले संविधानसभा विघटन गर्न खोजेको निष्कर्ष माओवादीले निकालेको छ । माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निबास लाजिम्पाटमा आज विहान बसेकोे संस्थापन पक्षको स्थायी कमिटिको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी प्रवक्ता दीनानाथ शर्माले काङ्ग्रेस र एमाले संविधानसभा निष्कृय बनाएर देशमा थप अन्योलता सिर्जना गर्नतर्फ लागेको निष्कर्ष निकालिएको बताउनुभयो ।संविधानसभाको म्याद थपको प्रस्तावको विरोधमा नेपाली काङ्ग्रेस र नेकपा एमालेले भने प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजीनामा माग्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)