अखण्ड सुदुरपश्चिमको माग गर्दै अनिश्चितकालिन बन्द आब्हान

११ जेष्ठ २०६९, बिहीबार ११:५३ मा प्रकाशित

कन्चनपुर, ११ जेठ । अखण्ड सुदूरपश्चिम संयुक्त संघर्ष समितिले आह्वान गरेको अनिश्चितकालिन आम हड्तालका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर ठप्प भएको छ । थारु संयुक्त संघर्ष समितिले गरेको बन्दको अवज्ञा गर्दै आएका महेन्द्रनगरका ब्यापारीहरुले बिहान नौ बजेपछि बजार व्यवसाय बन्द गरेका हुन् । गुलरिया, झलारीलगायतका क्षेत्रबाट आएका बन्दकर्ताहरु बजार बन्द गराउँदै हिँडेपछि बन्द–हड्ताल निषेधित क्षेत्र लेखेको प्लेकार्डहरु झुण्ड्याउँदै आएका महेन्द्रनगरका ब्यापारीहरु ब्यापारिक प्रतिष्ठान बन्द गर्न बाध्य भएका छन् । यसअघि सरकारसँग सहमति भएपछि जेठ ४ गतेबाट संघर्ष समितिले आन्दोलन स्थगित गरेसँगै महेन्द्रनगर बजारमा अन्य समूहले गरेको बन्दको अवज्ञा हुँदै आएको थियो । केही दिन अघि बजार बन्द गराउँदै हिँडेका आदिवासी जनजाति संयुक्त संघर्ष समितिका कार्यकर्ता र ब्यापारीबीच झडप भएको थियो । यसैबीच आजैदेखि कैलाली–कञ्चनपुरलाई रानाथारु स्वायत्त प्रदेश घोषणा गरिनुपर्ने माग गर्दै रानाथारु संयुक्त संघर्ष समितिलेपनि आजैबाट दुबै जिल्लामा अनिश्चितकालिन बन्दको गरेको छ । रानाथारु समुदायले लगातारको बन्दका कारण जनजिवन अस्तव्यस्त बनेको ठहर गर्दै यसअघि जेठ २ गतेबाट घोषणा गरेको आमहड्ताल ५ गतेबाट फिर्ता लिएको थियो भने ८ र ९ गते पनि दुबै जिल्ला बन्द गराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार