प्रधानमन्त्री मोदीको भ्रमणलाई लक्ष्य गरी विशेष पूजा

१८ श्रावण २०७१, आईतवार १४:३७ मा प्रकाशित

काठमाडौं, १८ साउन । स्वराज्य मेलमिलाप राष्ट्रिय अभियानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसरमा आज विशेष पूजा गरेको छ ।
आइतबारदेख दुई दिनसम्म हुने उनको राजकीय भ्रमणका क्रममा पशुपतिनाथस्थित सूर्यघाटमा एक हजार आठ आहूति सूर्य अथर्वशीर्ष तथा मन्त्रोच्चारण गरेको हो । उक्त कार्यक्रममा गणेश अथर्वशीर्ष र विभिन्न मन्त्र पाठ गरी प्रधानमन्त्री मोदीको भ्रमण सफलताको कामना गरिएको थियो ।
नेपाल तथा भारतको विभिन्न सांस्कृतिक पक्षले दुई देशको एकता र सदियौँ पुरानो मित्रता रहेको त्यसलाई जनस्तरमा फैलाउन आवश्यक रहेको अभियानका संयोजक केशव चौलागाईंले बताए ।
उनले भारतका प्रधानमन्त्री मोदीले सोमबार पशुपतिनाथको मन्दिरमा गर्न लागेको रुद्राभिषेक तथा पूजाले विश्वमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बीको प्रतिष्ठा बढेको बताए ।
नारायण उपनिषदमा यज्ञबाट दुश्मनलाई पनि मित्र बनाउन सकिने उल्लेख गरिएको भन्दै समाजमा समान सहभागिता तथा न्याय स्थापना गराउन उद्देश्यले सो संस्थाले प्रत्येक आइतबार तथा पूर्णिमाका दिन सोही स्थानमा सात वर्षदेखि विभिन्न हवन तथा पूजा सञ्चालन गर्दै आएको चौलागार्इंले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ