उपप्रधानमन्त्री सिटौलाद्धारा सरकारबाट राजिनामा

११ जेष्ठ २०६९, बिहीबार ११:५१ मा प्रकाशित

काठमाडौ, ११ जेठ । नेपाली काङ्ग्रेसबाट सरकारमा सहभागी उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौले आफ्नो पदबाट राजिनामा दिनु भएको छ । काङ्ग्रेस महामन्त्री समेत रहनु भएका सिटौलाले आफ्नो राजिनामा पार्टी सभापति सुशील कोइरालालाई बुझाउनु भएको हो । कोइराला निवास महाराजगन्जमा पुगेर सिटौलाले बिहान राजिनामा पत्र बुझाउनु भएको कोइरालाको निजी सचिवालयले जनाएको छ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अधिकांश सदस्यहरुले सरकारबाट बाहिरिनुपर्नेमा जोड दिएपछि पार्टीले आधिकारिक निर्णय नगर्दै सिटौलाले पदबाट राजिनामा दिनु भएको हो । आज बस्ने पार्टीको केन्द्रिय समितिको बैठकले सिटौलाको राजीनामाको विषयमा टुङ्गो लगाउने बुझिएको छ ।
यसैबीच केन्द्रीय समितिको बैठक बहिस्कार गरेको बरिष्ठ नेता शेरबहादुर देउवा पक्षसँग छलफल गर्नको लागि काङ्ग्रेस सभापति कोइरालाले महामन्त्री कृष्णप्रसाद सिटौला र नेताहरु द्वय अर्जुननरसिंह केसी र चन्द्र भण्डारीलाई जिम्मा दिनु भएको छ । बिहान कोइराला भएको छलफलपछि सभापति कोइरालाले असन्तुष्टपक्षसँग छलफल गर्ने र समस्या समाधानको लागि उपयुक्त सुझाव उपलब्ध गराउनेगरी जिम्मा दिनु भएको हो । सभापतिको निर्देशन अनुसार सिटौला, केसी र भण्डारीले देउवा पक्षसँग औपचारिक तथा अनौपचारिक छलफल सुरु गर्नु भएको छ । संविधानसभाको म्याद थपको सरकारी प्रस्ताव र सरकारबाट बाहिरिने बारेमा निर्णय गर्न काङ्ग्रेस केन्द्रीय समितिको बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति