मोदी काठमाडौं आउँदै

१८ श्रावण २०७१, आईतवार ०५:५४ मा प्रकाशित

काठमाडौं, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल ओर्लनुभन्दा १६ घण्टाअघि सामाजिक सन्जाल ट्विटरमार्फत आफू नेपालको भ्रमण गर्न ब्यग्र प्रतीक्षामा रहेको बताएका छन् ।

उनले शनिबार साँझ सवा ६ बजे ट्विट गर्दै आफ्नो धारणा बाहिर ल्याएका हुन् । ‘आफ्नो भ्रमणले समान संस्कृति र परम्परा रहेको दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने छ । मलाई आशा छ नेपालका नेता तथा सांसदहरुसँग फलदायी वार्ता हुनेछ र यसले नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने छ ।’

नेपालको दुई दिने औपचारिका भ्रमणका लागि आइतबार विहान १०।५० मा सेनाको विशेष विमानमा काठमाडौं आइपुग्दैछन् भन्ने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सरकारले उनको भ्रमणलाई उच्च महत्व दिदै सुरक्षाको विशेष ब्यवस्था र सम्मानको ब्यापक तयारी पुरा गरेको छ । उनी चढ्ने अत्याधुनिक सुरक्षा प्रविधिजडित गाडी तीन दिनअघि नै नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको थियो ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष अगाडिको प्राङगणमा नै प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्ने कायक्रम रहेको छ । उनको सम्मानमा १९ तोपको सलामी दिदै भ्रमणलाई राजकीय बनाइने सम्पूर्ण तयारी पुरा भएको छ ।

लामो समयदेखि मोदी पशुपति नाथको दर्शनकै लागि मात्र भए पनि नेपाल आउने चर्चा भइरहेको अवस्थामा उनले ट्विटमा भनेका छन, ‘मेरो लागि नेपाल यात्राको अर्को एउटा महत्व पनि छ । मैले साउनको महिनाको अवसर पारेर भगवान पशुपतिको दर्शन गर्न पाउने सौभाग्य रहेको छ ।’ पशुपतिमा उनको पूजाको लागि ब्यापक तयारी छ । सोमबार विहान उनले पशुपतिमा झण्डै एक घण्टा विताउने छन् ।

उनी बस्ने होटल देखि सवारीको क्रममा प्रयोग हुने सडक, सिंहदरबार, राष्ट्रपति भवन सबै सिंगारिनुका साथै सुरक्षा ब्यवस्था पनि कडा पारिएको छ ।

आइतबार सडक ट्रफिकलाई ख्यालगरेर सरकारले कम सवारी साधन प्रयोग गर्न समेत सबै पक्षलाई अनौपचारिक रुपमा आग्रह गरिसकेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले अत्यावस्यक सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न उसको आधिकारी एफएम रेडियो मार्फत सूचना जारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने