चेन्नेई दोस्रो प्ले अफमा प्रवेश, मुम्वई ३८ रनले पराजित

११ जेष्ठ २०६९, बिहीबार ०९:४४ मा प्रकाशित

काठमाडौ, ११ जेठ । दिल्ली डेयर डेभिल्स र चेन्नेई सुपर किग्स इन्डियन प्रिमियर लिगको दोस्रो प्ले अफमा भिड्ने भएका छन् । गएराति अवेर सकिएको एलिमिनेटरमा मुम्वई इन्डियन्सलाई पराजित  गरेपछि साविक विजेता चेन्नेईले दोस्रो प्ले अफमा दिल्लीसंग भेट पक्का गरेको हो । दिल्ली भने पहिलो प्ले अफमा कोलकत्तासंग पराजीत भएको थियो । चिन्नास्वामी स्टेडियम वैग्लौरमा चेन्नेईले मुम्वईलाई ३८ रनले पराजीत गरेको हो । टस हारेर व्याटिङमा तानिएको  चेन्नेईले निर्धारीत ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रनको उच्चस्कोर खडा गरेको थियो । चेन्नेईका लागि कप्तान महेन्द्रसिंह ध्वनीले नट आउट ५१ रनको योगदान दिए । त्यस्तै माईकल हस्सीले ४९ तथा वद्रीनाथले ४७ रन जोडे । जवाफमा व्याटिङमा उत्रिएको मुम्वईले २० ओभरमा १ सय ४९ रन मात्र वनाउन सक्यो । मुम्वईका लागि डयन स्थिमले ३८ रनको योगदान गर्न वाहेक अन्य कुनै पनि व्याट्सम्यानहरुले सम्झन लायक प्रर्दशन गर्न सकेनन् ।   दोश्रो प्ले अफमा भोलि दिल्ली र चेन्नेई भिड्ने छन् । दोस्रो प्ले अफको विजेताले इन्डियन प्रिमियर लिगको पाँचौ संस्करणको उपाधीका लागि कोलकत्ता नाईट राईडर्ससँग आईतवार प्रतिस्पर्धा गर्र्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका