उद्धार कार्य अगाडि बढाउन माओवादी आग्रह

१७ श्रावण २०७१, शनिबार १२:५१ मा प्रकाशित

काठमाडौं, १७ साउन । नेकपा–माओवादीले सिन्धुपाल्चोक जिल्लास्थित सुनकोसी नदी पहिरोले थुनिएको घटनामा परी जनधनको क्षति भएको भन्दै तत्काल उद्धार कार्य अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ ।

माओवादीका प्रवक्ता पम्फा भुसालले आज एक विज्ञप्ति प्रकाशित गरी यथाशीघ्र प्रभावित क्षेत्रमा धनजनको सुरक्षार्थ सबै प्रकारका कदम चाल्न आग्रह गर्नुभएको छ ।

प्राकृतिक दुःखद् घडीमा प्रभावित क्षेत्रका जनताको उद्धार र राहत कार्यमा सक्रिय ढङ्गले लाग्न उहाँले स्थानीय पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य