स्यार्पूका बीस क्विन्टल माछा बगे

१७ श्रावण २०७१, शनिबार १२:४७ मा प्रकाशित

रुकुम, १७ साउन । रुकुमको स्यार्पूतालमा पानीको बहाव बढेसँगै माछा बग्न थालेका छन् ।
एक गैरसरकारी कार्यालयको सहयोगमा पालिएका माछा पानीको बहावसँगै बग्न थालेका हुन् । हप्तादिनदेखि बग्न थालेका माछा बग्ने क्रम अझै रोकिएको छ ।
पानीसँगै तालमा माटोलगायतका अन्य सामग्री बगेर आउन थालेपछि माछा तालमै मर्ने र बग्ने गरेको स्यार्पू माछापालन सहकारीका संयोजक दरिभान पुरीले जानकारी दिए । एक केजीदेखि पाँच केजीसम्मका माछा बगिरहेको पुरीले बताए ।
सहकारीका अनुसार सिल्भर कार्प र विगहेड कार्प जातको माछा बढी बगेको छ । हालसम्म २० क्विन्टल माछा बगिसकेको अनुमान गरिएको संयोजक पुरीले बताए ।
दिउँसमात्रै माछा बगेको देखिए पनि माछा रातिसमेत बग्ने गरेको स्थानीयले बताएका छन् । तालमा पानीको बहाव बढ्दै गएपछि माछा बग्ने क्रम पनि बढेको हो । माछा बग्ने क्रम नरोकिए पनि रोकथामको उपाय भने गर्न नसकिएको स्थानीयले बताएका छन् ।
युएमएन रुकुम क्लस्टरको आर्थिक सहयोग तथा नेपाल जनजागरण मञ्चको सहजीकरणमा २ सय ३० मा माछा बिक्री वितरण हुँदै आएकामा तालमा पानी बढेसँगै माछा बिक्री वितरणमा समेत असहजता आएको छ ।
सहकारी तथा त्यसमा आबद्ध सदस्यहरुको आयआर्जन वृद्धि गर्ने उद्देश्यका साथ माछापालन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार