महिरोमाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

१७ श्रावण २०७१, शनिबार १२:३४ मा प्रकाशित

– बाह्रबिसे बजार डुब्ने खतरा

चौतारा, १७ साउन । सिन्धुपाल्चोकको धुस्कुन र राम्चे गाविसको बीचमा पर्ने जुरे भन्ने ठाउँमा गएको भीषण पहिरोबाट थुनिएको नदीको डुबानमा पर्दा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
मृतकमध्ये माङ्खा–१ का विमला श्रेष्ठ र श्याम श्रेष्ठको मात्र पहिचान भएको र अन्यको पहिचान हुन सकेको छैन ।
अहिले राम्चे र धुस्कुन दुवैतर्फबाट पनि पहिरो झरेकाले नदी खोल्न सकेका छैन तर प्रयास जारी छ ।
नदी खोल्न नसक्दा नदीको सतह बढ्दै गई बाह्रबिसे बजारसमेत डुबानमा पर्न थालेको स्थानीय केशरबहादुर खत्रीले जानकारी दिए ।
डुबानका कारण सुनकोसी र भोटेकोसी दोभानमा रहेको सानिमा हाइड्रो पावरको तीन मेगावाटको पावर हाउस बगरमा परिणत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना