दोलखा आइस हक्की संघ गठन

१७ श्रावण २०७१, शनिबार १२:२९ मा प्रकाशित

दोलखा, १७ साउन । नेपाल आइस हक्की संघले दोलखामा जिल्ला आइस हक्की संघ गठन गरेको छ । देवकृष्ण थापाको अध्यक्षतामा १३ सदस्यीय दोलखा जिल्ला आइस संघ शनिबार गठन गरिएको हो ।
नवगठित संघको प्रथम उपाध्यक्षमा विजय खड्का, द्वितिय उपाध्यक्ष सन्तोषकुमार कुँवर, सचिवमा कृष्ण गौतम तथा कोषाध्यक्षमा नवराज श्रेष्ठ रहेका छन् ।
निलकुमार श्रेष्ठ, राजकुमार कार्की, सिंहबहादुर तामाङ, मोहन पाख्रिन, श्यामप्रसाद खतिवडा, रुजा खड्का, सर्मिला कार्की र लीला केसी सदस्यमा चयन भए ।
केन्द्रीय आई हक्की संघका अध्यक्ष लोकबहादुर शाही, उपाध्यक्ष श्रीविक्रम भण्डारी, केन्द्रीय सदस्य विपिका अधिकारी, स्थानीय नागरिक समाजका अध्यक्ष दीपशंकर चौलागाईं, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेललगायतको उपस्थितिमा जिल्ला संघ गठनको घोषणा गरिएको थियो ।
जिल्ला संघकै सल्लाहकारमा पूर्व दोलखा जिल्ला विकास समितिका उपसभापति निमा मोक्तान, दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष रामेश्वर उप्रेती, उद्योग वाणिज्य संघ, दोलखाका महासचिव हेमराज रिमाल, नेपाल बार एसोसिएसन, दोलखाका कोषाध्यक्ष ललितबहादुर दाहाल र दोलखा किवी तथा फलफूल व्यवसायी श्यामबहादुर खड्का रहेका छन् ।
योसहित जिल्ला आइस हक्की संघ तीन जिल्लामा गठन भएको छ । यसअघि इलाम र कास्कीमा संघ गठन भएको थियो । गत असार ३ गते केन्द्रीय नेपाल आइस हक्की संघ राष्ट्रिय खेलकुद परिषद्मा १ सय ४२ औं संघका रुपमा दर्ता भएको थियो ।
घोषणा कार्यक्रम केन्द्रीय अध्यक्ष लोकबहादुर शाहीले आइस हक्कीको स्पोर्ट्स कम्प्लेक्स निर्माण गर्न जिल्ला कार्यसमितिलाई जग्गाको खोजी गर्न निर्देशन दिदै आइस हक्की खेलका बारेमा विस्तृत जानकारी गराएका थिए ।
नवगठित संघका अध्यक्ष थापाले केन्द्रीय संघबाट प्राप्त निर्देशनलाई पालना गर्दै दोलखामा आइस हक्की खेलको विकासका लागि प्रयासरत रहने प्रतिबद्धता व्यक्तव गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले