पहिरो गएको क्षेत्रमा ‘संकटग्रस्त’ घोषणा

१७ श्रावण २०७१, शनिबार ११:२८ मा प्रकाशित

काठमाडौं, १७ साउन । केन्द्रीय दैबी प्रकोप उद्धार समितिले भोटेकेशी (सुनकोसी) थुनिएदेखि दक्षिणको क्षेत्रलाई संकट ग्रस्त घोषणा गर्न सरकार समक्ष सिफासिर गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले भोटेकोशीमा गएको पहिरो र त्यसले पुराएको जनधनको क्षतिका विषयमा अध्ययन गरेको थियो । समितिले पीडितहरूको उद्दारका साथै खानपान र उचित व्यवस्थापनको कार्य अघि बढाएको जनाएको छ ।
‘थुनिएको नदी खुलाउने र त्यस मुन्तिरको जनजीवनको उद्धारका लागि संकट ग्रस्त क्षेत्र घोषणा गरेर काम गर्न सुझाव दिएका छौं,’ समितिका अध्यक्ष एवं गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले भने ‘चाँडैं र संबेदनशील भएर सावधानी पूर्वक काम गर्नुपर्नेछ ।’
कोइरालाका अनुसार नदी थुनिए मुन्तिरका जनतालाई सुरक्षित स्थल तर्फ सार्ने, पानीको बहाव तुरुन्त खोल्ने र मृतकहरुको उद्धार गर्ने काममा प्राथमिकता दिने निर्णय भएको छ ।
उनका अनुसार थुनिएको नदी खुलाउने र त्यस मुन्तिरका बस्ती तथा सर्वसाधारणहरूको उद्धारका लागि सम्पूर्ण शक्ति लगाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र