२१ दिनदेखिको तराई बन्द आजदेखि फिर्ता, जनजीवन सहज बन्दै

११ जेष्ठ २०६९, बिहीबार ०९:३९ मा प्रकाशित

काठमाडौ, ११ जेठ । सरकार र थारु संयुक्त सङ्घर्ष समितिबीच १० बुँदे सहमति भएपछि २१ दिने तराई बन्द आजदेखि फिर्ता भएको छ । सिंहदरवारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा हिजो साँझ सरकारी वार्ता टोली र सङ्घर्ष समितिबीच सहमतिपछि तराईका २२ जिल्लामा जारी बन्द र आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको हो । आन्दोलन फिर्ता भएपछि विहानैदेखि रोकिएका सवारीका साधन तथा यात्रुहरु गन्तब्यतर्फ लागेका छन् । सरकारी बार्ता टोलीका संयोजक एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले १० बुँदे सहमतिलाई नयाँ बन्ने संविधानमा सबै समावेश गरिने र त्यसबाट थारुहरूको अधिकार सुनिश्चित हुने बताउनुभयो । सहमतिमा जातीय पहिचानका आधारमा सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जेठ १४ भित्र संविधान जारी गराइने, संविधानमा समानुपातिक र समावेशी निर्वाचन प्रणाली अवलम्बन गरी समानुपातिकतर्फ न्यूनतम् ६० र प्रत्यक्षतर्फ न्यूनतम् ४० प्रतिशतको व्यवस्था गर्नुपर्ने, राज्यका हरेक अङ्ग र तहमा जाति÷समुदाय, लैङ्गिक जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउने उल्लेख छ । आन्दोलनको क्रममा गिरफ्तार सबैलाई बिनाशर्त तुरुन्त रिहा गर्ने एवम् लगाइएका मुद्दा खारेज गर्ने र आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार सरकारले गर्ने सहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको