संविधानसभाको म्याद थप र सरकारमा सहभागिताबारे काङ्ग्रेसले आज निर्णय गर्ने

११ जेष्ठ २०६९, बिहीबार ०९:३७ मा प्रकाशित

काठमाडौ, ११ जेठ । सरकारबाट बाहिरिने वा रहिरहने भन्ने बारेमा आधिकारिक निर्णय गर्न नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । नयाँ संविधान जारी गर्न छोडेर संविधानसभाको म्याद थपको प्रस्ताव सरकारले संसद सचिवालयमा दर्ता गराएको भन्दै असन्तुष्ट बनेको काङ्ग्रेसले आज त्यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो । दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले म्याद थपका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्ने केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिनुभयो । हिजोदेखि सुरु केन्द्रीय कार्य समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले सरकारबाट बाहिरिनुपर्नेमा जोड दिएका थिए । धारणा राख्ने अधिकांश सदस्यले म्याद थपको विपक्षमा धारणा राखेर न्यायिक स्वतन्त्रताका पक्षमा पार्टीले संघर्ष गर्नु पर्ने सुझाव दिएको गिरीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर