भोटेकोशी नदी थुनियो/हज्जारौँ सर्वसाधारण प्रभावित

१७ श्रावण २०७१, शनिबार ०९:१० मा प्रकाशित

काठमाडौं, १७ साउन । सिन्धुपाल्चोक जिल्लास्थित राम्चे–५ जुरेमा पहिरोका कारण भोटेकोशी नदी थुनिएको छ ।

आज (शनिबार) विहान करिव तीन वजे माथिबाट झरेको पहिरोका कारण भोटेकोशी नदी थुनिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका निरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

‘आज विहान करिव तीन बजे माथिबाट खसेको पहिरोले भोटेकोशी थुनिएको छ,’ उनले भने, ‘थुनिएको पानीले बाह्रविसे बजार पनि डुब्ने सम्भावना छ ।’

भोटेकोशी नदीको पानी बजार सम्म आइ सकेको छ । त्यस गरी नदीको आसपास रहेका गाउँमा पनि पानीले पग्न थालेको उनले बताए ।

प्रहरी निरीक्षक रिमालका अनुसार पहिरोले भोटेकोशी नदी थुनिदा झण्डै डेढ किलो मिटरसम्म पानीको थुनिएर ताल बनिसकेको छ ।

पहिरोका कारण त्यस क्षेत्रमा सवारी आवागमन अबरुद्ध भएको रिमालले बताए । ‘अरनिको राजमार्गसम्म भोटेकोशीको पानी आइसकेको छ,’ उनले भने, ‘पानीका कारण हामी पहिरो खसेको स्थानसम्म पुग्न सकेका छैनौं ।’

जुरेमा पहिरो खस्ने क्रम जारी छ । भोटेकोशी नदीलाई निकास दिन सम्बन्धित निकायलाई जानकारी गराई सकिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको