मोदीसँग भारतीय मन्त्री नआउने

१७ श्रावण २०७१, शनिबार ०६:३० मा प्रकाशित

काठमाडौ, १७ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मन्त्रीस्तरीय सम्झौता नहुने निश्चित भएको छ ।

उनको भ्रमण टोलीमा कुनै पनि मन्त्रीको सहभागी नहुने भएपछि त्यो स्पष्ट भएको हो । उनका साथमा विदेशमन्त्री सुषमा स्वराज नहुने यसअघि नै उनले नै जानकारी दिइएको भए पनि अन्तिम समयमा अन्य मन्त्रीहरु पनि सहभागी नहुने जानकारी आएको हो ।

कतिपय ठूला सम्झौता सचिवस्तरमा पनि हुने गरेको भए पनि जुन रुपमा हल्ला भएको थियो त्यो अनुरुप काम नहुने स्पष्ट छ । अन्तरमन्त्रालयको समन्वय अभाव र भारतमा नेपाली राजदूत नहुदाको प्राविधिक समस्यामा सरकार परेको उच्च अधिकारीले बताए ।

सेनाको विशेष विमान बिबिबाट आइतबार विहान राजधानी आइपुग्ने मोदीसँग दुईपक्षीय वार्तामा सहभागी हुन उनका साथ सुरक्षा मामिला सहल्लाहकार र केही विषयगत मन्त्रालयका सचिव तथा सहसचिव रहनेछन् ।

उनलाई प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलमा विशेष स्वागत गर्ने १९ तोपको सलामी समेत दिने कार्यक्रम तय भएको औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । दुईपक्षीय वार्ता पनि आधाघण्टा मात्र राखिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

मोदीको नेपाल भ्रमणबारे औपचारीक जानकारी दिन आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले संवाददाताहरुलाई भने, ‘मोदीजीसँग उहाँका सुरक्षामामिला सल्लाहकार र केही मन्त्रालयका सचिव तथा सहसचिव सहभागी हुनेछन् । सम्झौताहरुमा सचिव र सहसचिवस्तरमा नै हस्ताक्षर हुनेछ ।’ दुवै मुलुकका प्रधानमन्त्रीको उपस्थितीमा विषयगत मन्त्रालयका सचिव तथा सहसचिव विच सम्झौताहरु हुने पनि उनले बताए ।

सम्झौता के हुन्छ भन्ने जिज्ञासामा मन्त्री पाण्डेले भने, ‘यसअघि बसेको संयुक्त आयोगले अघि बढाएको समझादारीमा नै अडेर सम्झौता हुनेछ ।’ संयुक्त आयोगमा भएको सहमतिमा हुलाकी सडकको दोस्रो फेज, मध्य-पहाडी राजमार्गको पाँच सय किलोमिटरको ट्रयाक खोल्ने र कालोपत्रे गर्ने, सहुलियत ऋणलाई बढाउने, दुई मुलुकको संचारमाध्यमको सहकार्यबारे लगायत छन ।

गलगाडको समस्या परेकालाई त्यसको निर्मुलीकरणका लागि गर्दै आएको सहयोगमा विस्तारबारे पनि त्यहाँ उल्लेख छ ।

मोदीको दुई दिने भ्रमण तालिका निकै ब्यस्त

मोदीको भ्रमण तालिक निकै ब्यस्त छ । तर, आएका दिन परराष्टमन्त्री पण्डेले उनी रहने होटल हायातमा नै पुगेर भ्रमणको विवरण प्रस्तुत गरेपछि डेढ घण्टा फुर्सदमा छन् ।

त्यो समय उनले के गर्ने भन्ने तय भएको छैन् । उनका सबै कार्यक्रमहरु तय भइसकेको छन् । आइतबार उनले सरकारीस्तरका दुई पक्षीय वार्ता सक्ने र सोमबार विहान पशुपति दर्शन त्यसपछि राष्ट्रपतिसंगको शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उनले एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेटवार्ता सोमबार अपरान्ह शुरु गर्नेछन् भने त्यसपछि उनले एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्नेछन् ।

मधेसी दलका नेताहरुलाई सुष्मा स्वराजले झै एकै समुहमा भेट्ने कार्यक्रम छ । यसरी मधेसका नेताहरुलाई संयुक्त भेट्दा छुट्टै सन्देश जाने भन्दै केही नेताहरुले यसअघि देखि नै विरोध गरिरहेको अवस्था पुन सबै मधेसलाई भेटेर मधेस भनेको एकै हुन भन्ने सन्देश दिन खोजेको कांग्रेसका एक युवा नेताले बताए । उनी सबै भन्दा पछि ब्यापारी तथा उद्यमीलाई भेटेर स्वदेश फर्कने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन