संविधानसभाको म्याद थपबारेको विवाद मिलाउन दलहरुले प्रयास गर्ने

११ जेष्ठ २०६९, बिहीबार ०९:३६ मा प्रकाशित

काठमाडौ, ११ जेठ । सरकारको संविधानसभाको म्याद थप सम्बन्धी प्रस्तावसँगै दलहरुबीच बढेको दुरी कमगर्ने प्रयासस्वरुप आज पनि प्रमुख तीन दल र मधेसी मोर्चाको बैठक बस्ने भएको छ । एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संयुक्त र अलगअलग बैठक बस्न लागेको हो । बैठकको समय र स्थान भने निश्चित भइनसकेको मधेसी जनअधिकार फोरम गणतानित्रकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो । बैठकमा जेठ १४ गते भित्र कसरी नयाँ संविधान जारी गर्न सकिन्छ भन्ने बारेमा छलफल हुने नेताहरुले बताएका छन् । काङ्ग्रेस र एमालेले संविधानसभाको म्याद थप्ने सरकारको प्रस्तावको विपक्षमा उभिने निर्णयगदैै छलफललाई तीब्रता दिएपछि एकीकृत माओवादी र मधेसी मोर्चा अफ्टेरोमा परेका छन् । संविधानसभाको म्याद थप्नुपर्ने अवस्था आए प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजिनामा दिनुपर्ने शर्त काङ्ग्रेस एमालेले राखेका छन् । माओवादी र मोर्चाले भने संविधान जारी भएपछि मात्र प्रधानमन्त्रीले राजिनामा गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार