मधेसी मोर्चा भट्टराई सरकारलाई निरन्तरता दिने पक्षमा, थारु संघर्ष समितिद्वारा आन्दोलनका सबै कार्यमक्रमहरु फिर्ता

१० जेष्ठ २०६९, बुधबार २१:१० मा प्रकाशित

काठमाडौ, १० जेठ । सत्तारुढ प्रमुख घटकहरु माओवादी र मधेसी मोर्चाको आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले नयाँ संविधान घोषणा नभएसम्म प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठक पछी संचारकर्मीसंग कुरा गर्दै मधेसी मोर्चाका नेता महन्थ ठाकुरले नयाँ संविधान जारी नभएसम्म बाबुराम भट्टराई नेतृत्वको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिएका छन् । यसअघि आजै एमाले र कङ्ग्रेसले प्रधानमन्त्री भट्टराईको राजीनामा मागेका थिए । एमाले र कङ्ग्रेसले पाँच बुँदे सहमति अनुसार नै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । आजै रिपोर्टर्स क्लवको साक्षात्कारमा एमालेवरिष्ठ नेता माधवकुमार नेपालले संविधान सभाको म्याद थपका लागि प्रधान मन्त्री बाबुराम भट्टराईले राजिनामा दिनुपर्ने सर्त अगाडि सारेका थिए । यसै बीच सरकारसंगको वार्तामा सहमति भए पछी थारु संघर्ष समितिले आन्दोलनका सबै कार्यमक्रमहरु फिर्ता लिएको छ । बुधबार सिंहदरबारस्थित शान्ति मन्त्रालयमा भएको वार्तामा संघर्ष समितिको मागहरु नयाँ संविधानमा प्रवेश गराउने सहमति भए पछी समितिले गर्दै आएको आन्दोलनका कार्यमक्रमहरु फिर्ता लिएको हो । वार्तामा सरकारका तर्फबाट टोपबहादुर रायमाझी, सूर्यमान गुरुङ र राधा ज्ञवाली सहभागी थिए भने समितिका तर्फबाट थारु चन्द्रकुमार चौधरी, रामचरण चौधरी, उपेन्द्र गच्छदार सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार