मोदीको सुरक्षाका लागि संयुक्त ‘रेकी’ सुरु

१६ श्रावण २०७१, शुक्रबार ०८:१९ मा प्रकाशित

काठमाडौं, १६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा चुस्त सुरक्षा मिलाउन सुरक्षा अधिकारीहरूको टोलीले बिहीबार राष्ट्रपतिभवन शीतल निवासदेखि बौद्धस्थित हायात रिजेन्सी होटेलसम्मको रेकी (भ्रमणस्थल निगरानी) गरेको छ।

नेपाली सेनाका भीभीआई सुरक्षा प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजी तहका अधिकृतसहित मोदीका निजी सुरक्षाकर्मी सामेल रेकी टोलीले भीभीआईपी हिँड्ने बाटो, बस्ने आसन र द्विपक्षीय वार्ता हुने बैठक कक्षको समेत अध्ययन गरेको हो। यस क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरस्थित संसद् भवन र त्यसवरपरको सुरक्षा अवस्थाबारे पनि अध्ययन गरियो।

टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्मको सुरक्षा अवस्थाको पनि स्थलगत अध्ययन गर्ने भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार त्रुटिरहित सुरक्षा व्यवस्थाका लागि रेकी कार्य दोहोर्‍याइनेछ भन्ने समारचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी