‘सेक्सी नायिका’ जे गर्न पनि तयार

१० जेष्ठ २०६९, बुधबार १९:१८ मा प्रकाशित

राजन घिमिरे, काठमाडौ । सिनेमाको पर्दामा अनुहार देखाउन पाइन्छ भने पर्दामा जसरी पनि प्रस्तुत हुन पछि नहट्ने सविना कार्की यतिबेला आफ्नो चर्चा भएकोमा निकै दङ्ग छिन् । तर, आफ्नो चर्चा नकारात्मक भएको र आफूलाई हेर्ने सोच गलत हुन थालेकोमा भने उनलाई चिन्ता छैन । उनी आजभोलि भन्न थालेकी छिन्, ‘नाम होस् बदनाम होस् तर गुमनाम नहोस् ।’
लामो समयदेखि फाट्टफुट रूपमा पर्दामा अनुहार देखाउँदै आएकी सविनाले चर्चा पाइन्छ भने जस्तो सिन पनि दिन तयार भएको जानकारी गराएपछि नै उनी चलचित्र ‘एटीएम’मा अनुबन्धित भएकी थिइन् । ल हेर्नुस् यो तस्बिरमा सविनाले दिएको पोज । सिनेमाको पोस्टरमा आफ्नो तस्बिर आउने भएपछि उनी यसरी प्रस्तुत हुन राजी भएकी छिन् । सिनेमाको मुहूर्तमा ‘सेक्सी नायिका’ भनेर सम्बोधन गरिदिएमा दङ्ग पर्ने सविना ग्ल्यामर्सको नाममा भल्गर भएर प्रस्तुत भएकी छिन् ।
तर यस्ता सिनेमा र यस्ता सिनहरू दिने कलाकारहरूको क्रियाकलापप्रति चलचित्र विकास बोर्डले निगरानी बढाउने भएको छ । सिनेमा निर्माणको नाममा गलत संस्कारको विकास हुन थालेपछि बोर्ड कडा रूपमा प्रस्तुत हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया