लेखा समितिको सभापतिमा एमाओवादीको मात्रै उम्मेदवारी

१५ श्रावण २०७१, बिहीबार १८:४१ मा प्रकाशित

Janardan-Sharma-Big-Maobadiकाठमाडौं, १५ साउन । संसद्को सार्वजनिक लेखा समितिमा एकीकृत नेकपा माओवादीका सांसद् जनार्दन शर्माको मात्र उम्मेदवारी परेको छ । संसदमा विपक्षमा रहेका दलहरुले दावी गर्न पाउने सार्वजनिक लेखा समितिमा विपक्षमा रहेको अन्य दलका तर्फबाट कसैको पनि उम्मेदवारी परेको छैन ।

शर्माको उम्मेदवारीमा समाजवादी जनता पार्टीका सांसद् प्रेमबहादुर सिंह प्रस्ताव बसेका छन् भने एकीकृत मओवादीकै सांसद् डोरप्रसाद उपाध्यायले समर्थन गरेका छन् ।
संसद सचिवालयले आज अपरान्ह साँढे पाँच बजे शर्माको उम्मेदवारी प्रकाशित गरेको छ । सभामुखले घोषणा गरेको कार्यातालिका अनुसार भोलि (शुक्रबार) विहान ११ बजे लेखा समितिको बैठक डाकिएको छ । सोही बैठकबाट शर्मालाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।
सभामुख सुवास नेम्वाङले यसअघि अन्य समितिका लागि चुनावमा जाने वा सहमतिमा सभापति चयन गर्ने भन्ने सम्बन्धमा प्रमुुख दलका सचेतकहरूसँग १४ गतेसम्म जानकारी माग गरेका थिए ।
तर राजनीतिक दलहरूले केही समय कुरिदिन आग्रह गरेपछि सभामुखले साउन महिनाभरि समितिका सभापतिहरू चयनको वातावरण मिलाउन दवाव दिँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरु हुँदैछ ।