
तनहुँ, १५ साउन । तनहुँको दुर्गम गाउँ कोटामा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोबाट उक्त गाउँका प्रत्येक घरमा ४÷५ जना विरामी भएपछि सिङ्गो गाउँ नै प्रभावित भएको छ ।
गाउँमा रहेको उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या परेको स्थानीय कर्णबहादुर गुरुङले बताउनुभयो । गाउँमा स्वास्थ्य चौकी छ, स्वास्थ्यकर्मी छैनन् उहाँले भन्नुभयो, स्वास्थ्यचौकी हुनु र नहुनुको कुनै अर्थ भएन ।
गाउँमा स्वास्थ्यकर्मी नहँदा नवलपरासी जिल्लाको ढोडेनीमा उपचारका लागि लैजानुपर्दा सास्ती भोग्नुपरेको उनले बताए ।
यस सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँका निमित्त प्रमुख कृष्णबहादुर मिजारसँग जानकारी लिँदा समस्या भए नभएको स्वास्थ्य चौकीमा बुझी आवश्यकताअनुसारको स्वास्थ्यकर्मी र औषधि पठाइने बताए ।
‘खबर पाएलगत्तै बुधबार नै अहेब प्रमोदकुमार सोतीलाई उक्त क्षेत्रको निरीक्षणका लागि पठाइएको र उहाँबाट पूर्ण विवरण आएपछि औषधिसहितको स्वास्थ्यकर्मी त्यस क्षेत्रमा पठाउने तयारीमा छौँ,’ उनले भने ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा
काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा