समुद्रमा डुबेर १९ को मृत्यु, चार बेपत्ता

१५ श्रावण २०७१, बिहीबार १३:१७ मा प्रकाशित

कराँची, १५ साउन । पाकिस्तानको ठूलो सहर कराँचीको एक समुद्रमा १९ व्यक्तिको डुबेर मृत्यु भएको छ । सरकारी अधिकारीहरुले सो जानकारी बिहीबार दिएका छन् ।

सो घटनामा अन्य चार जना बेपत्ता भएको जनाइएको छ ।

पौडीका लागि प्रतिबन्ध लगाइएको सामुद्रिक क्षेत्रमा ती व्यक्ति पौडी खेल्न गएकाले सो घटना भएको बताइएको छ ।

समुद्रको पानी बाट १९ व्यक्तिको शव निकालिएको र अन्य चार जनाको खोजी कार्य भइरहेको सहरका प्रमुख प्रशासक सोआइब अहमद सिद्दिकीले एएफपी समाचार समितिलाई बताए ।

इदको बिदा मनाउने क्रममा हजारौँ व्यक्तिले समुद्रमा पौडी खोलिरहेको अवस्थामा सो घटना भएको समाचारमा उल्लेख छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले

सिओल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण

दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष

यांगुन । म्यानमारको सैन्य सरकारले विरोध प्रदर्शन गर्नेविरुद्ध नयाँ कानुन लागू गरेको छ । सैन्य सरकारले ‘कू’को विरोध गर्ने मानिसलाई