यौनधन्दा चलाउने सातजना कारागार चलान

१५ श्रावण २०७१, बिहीबार १३:११ मा प्रकाशित

इटहरी, १५ साउन । प्रहरीले अवैध यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरी अदालत बुझाएको इटहरी तथा यसआसपासका सातजनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको एकल इजलासले बुधबार ढिलो गरी होटल तथा रेस्टुरा चलाउँदै आएका राधा तामाङ महर्जन, राधा आचार्य प्रधान, ज्ञानु राई भन्ने ज्ञानमाया राई, सपना शाक्य श्रेष्ठ, सरु भनिने सावित्री भण्डारी गिरी र मनोज चौधरीलाई कारागार चलान गरेको हो ।

गत असार १६ गते इलाका प्रहरी कार्यालय इटहरीको टोलीले अभियुक्तलाई विगतमा यौनधन्दा चलाएको भन्दै नियन्त्रणमा लिएर मानव बेचबिखन तथा जीउ मास्नेबेच्ने अभियोगअन्तर्गत मुद्दा तयार गरेर जिल्ला अदालतमा बुझाएको थियो ।

सोही मुद्दामाथि भएको बहसपछि सो इजलासले अभियुक्तहरूलाई अदालती बन्दोबस्ती देह व्यापार ऐन, २०१८ अन्तर्गत थुनामा पठाउने आदेश दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११