मोदीका भ्रमणका विषयमा कोइरालाद्वारा परामर्श

१५ श्रावण २०७१, बिहीबार १२:२० मा प्रकाशित

काठमाडौं, १५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री कोइराला, अर्थमन्त्री रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीको भ्रमणको तयारी र नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका समझदारीबारे जानकारी गराए ।

भारतीय प्रधानमन्त्री मोदी यही साउन १८ गते दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन् ।

बैठकमा सहभागी दलका नेताहरूले मोदीको भ्रमणलाई दुवै देशको हितमा अधिकतम सदुपयोग गर्ने अवसरका रुपमा लिन आग्रह गरे ।

बैठकमा सहभागी समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले माथिल्लो कर्णाली जलविद्युत् परियोजना, मध्यपहाडी र हुलाकी राजमार्गलगायत बृहत् आयोजनामा भारतीय सहयोग जुटाउन पहल गर्न सुझाव दिइएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको