पानी नपरेपछि झापामा भ्यागुताको बिहे

१४ श्रावण २०७१, बुधबार १६:१३ मा प्रकाशित

Bhyaguta  biheकाँकडभिट्टा (झापा), १४ साउन । साउनको दोस्रो साता बित्दा पनि पानी नपरेपछि झापाका किसानले भ्यागुताको बिहे गरेका छन् ।

कन्काइ नगरपालिका–१ दुर्गापुरस्थित दुर्गा मन्दिरमा पानी पर्र्ने आशमा किसानले भव्य रूपमा भ्यागुताको बिहे गरेका हुन् ।

कन्काइ नगरपालिका–१ को बेहुला भ्यागुता र ७ की बेहुली भ्यागुताबीच सोही स्थानका किसान भेला भएर विवाह गराएका हुन् । किसानले पानी पार्न प्राकृतिक शान्तिका लागि वरुण देवताको पूजा, सन्सारी माईको पूजा, नाग नागिनीको पूजा, चण्डी पाठ, इन्द्र देवताको पूजा गर्नुका साथै एक हजार आठवटा पिपलको पातमा ‘ऊँ कम बरुणाय नमः’ लेखी सेलाइएको थियो ।

विभिन्न देवीदेवताको पूजा गरेर भ्यागुताको बिहे गर्दा इन्द्र खुसी भएर पानी पर्छ भन्ने धार्मिक विश्वासले पण्डित टंकमणि काफ्लेले विवाह सम्पन्न गरेको स्थानीय कृषक यशोदा भट्टराईले बताइन् ।

विवाहको संयोजन दुर्गा मन्दिर व्यवस्थापन समितिले गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद