खोलाले बगाएका चेपाङ मृत भेटिए, एकजनाको सकुशल उद्धार

१४ श्रावण २०७१, बुधबार १३:२३ मा प्रकाशित

चितवन, १४ साउन । पूर्वी चितवनको मार्तल खोला तर्ने क्रममा खोलाले बगाएका एकजना चेपाङको ज्यान गएको छ ।

चितवन पिप्ले– ९ धमिले बस्ने वर्ष ४५ को दिलबहादुर चेपाङको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले आज जानकारी दिएको छ । खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका चेपाङलाई खोजतलासका क्रममा भण्डारा–२ ढुङ्ग्रे खोलास्थितमा किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

श्रीमतीसँगै बजारबाट घर जान मार्तल खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।

यसैबीच, चितवनको मङ्गलपुर–४ स्थित नारायणी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएका स्थानीय सन्दिप दाहाललाई उद्धार गरिएको प्रहरीले बताएको छ ।

नदीले बगाएको भन्ने खबर प्राप्त भएपछि चितवनको चनौलीबाट प्रहरी र नेपाली सेना राजीव गणको टोलीले खोजतलासका क्रममा चित्रवन नगरपालिका– ८ गोबे्रनीबाट उनलाई सकुशल उद्धार गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने