महिला सहभागिता बढाउन राजनीतिक दल उदासिन

१४ श्रावण २०७१, बुधबार १३:११ मा प्रकाशित

Mahila-Teacher-1म्याग्दी, १४ साउन । राज्यले हरेक तहमा महिला सहभागिता बढाउन समावेशी नीति अख्तियार गरेपनि म्याग्दीका त्यसको कार्यान्वयन हुन सकेको छैन ।

समावेशी नीति लागू भएपछि राजनीतिक, सामाजिक, विकास योजना, शैक्षिक, स्वास्थ्य क्षेत्रमा महिलाहरुको सहभागिता बढ्न थालेपनि उनीहरुले नेतृत्वको अवसर, स्रोत साधन एवम् आर्थिक स्रोतमा पहुँच पुग्न सकेको छैन ।

हरेक क्षेत्रमा महिलाको सहभागिता औपचारिकताका लागि मात्र हुने गरेको महिला मानवअधिकार रक्षक म्याग्दीकी अध्यक्ष रेखाकौशल रेग्मीले बताइन् ।

उनले भनिन्, ‘समावेशीकरणको वकालत गर्ने राजनीतिक दलहरु नै महिलामैत्री बन्न नसक्नु र सामाजिक सरोकारका क्षेत्रमा पनि महिला सहभागिताको विषयलाई औपचारिकताका लागि मात्र बुझ्ने गरिएको छ ।’

समावेशी नीतिको वकालत गरेपनि राजनीतिक दलभित्रै महिला सहभागिताको अवस्था न्यून देखिन्छ । बेनी नगरपालिकाको राजनीतिक संयन्त्रमा सहभागिता नभएपछि महिला राजनीतिक कार्यकर्ताले असारको अन्तिम साता आन्दोलन नै गर्नुपरेको थियो ।

प्रत्येक दलबाट नगरपालिका संयन्त्रमा दुई जना प्रतिनिधि पठाउने सहमतिअनुसार नेपाली कांग्रेस, नेकपा(एमाले), एमाओवादी र एनेकपा (माओवादी)ले महिला प्रतिनिधि नपठाएपछि ती दलसम्बद्ध महिलाले नगरपालिका कार्यालय र जिविसमा दुई दिन धर्ना बसेका थिए ।

राजनीतिक दलका नेताहरु भने महिलालाई नेतृत्वमा ल्याउन नीतिगतरुपमा अनिवार्य सहभागिता र आरक्षणको व्यवस्था गरेपनि स्वयम् महिलाहरु नै अग्रसर नहुने समस्या रहेको गुनासो गर्छन् । नेकपा एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदी प्राकृतिक कारणले महिलाहरु पुरुषसँगको प्रतिस्पर्धामा समस्या भएपनि स्वयम् महिलाहरु अधिकार, अवसर र नेतृत्वका लागि पहलकदमी लिनुपर्नेमा जोड दिए ।

महिलाहरु पछाडि पर्नुको मुख्य कारण उनीहरुको शिक्षा, आर्थिक र सम्पत्तीको स्रोतमा पहुँच नहुनु हो । आर्थिकरुपमा सम्पन्न र शिक्षित महिलाहरुले आफैँ अग्रसर भएर अधिकार खोज्ने गरेपनि अरुका लागि भने नेतृत्व र अवसर धेरै टाढाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न