के भयो श्रीलाई ?

१४ श्रावण २०७१, बुधबार ०९:३७ मा प्रकाशित

shree-krishna shwetaआफ्नो चलचित्रको नायकबारे बजारमा अफवाह फैलदा कुन निर्देशकको मन रुदैन र ? त्यसमाथि एकपटक मरेर बाँचेका नायक श्रीकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक भएको र उनी अब उठ्नै नसक्ने भनी नकारात्मक हल्ला चल्दा चलचित्र ‘कोहीनूर’का निर्देशक आकाश अधिकारी भावुक मात्र नबनी बोल्दाबोल्दै उनको गलानै अवरुद्ध बन्न पुग्यो ।
प्रसङ्ग चलचित्र ‘कोहीनूर’ प्रदर्शनको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनको हो । यतिबेला भारतको मुम्बईमा स्वास्थ्योपचार गराइरहेका अभिनेता श्रेष्ठबारे गलत हल्ला चलेपछि नै आफूहरूले उनको अनुपस्थितिमा चलचित्रबारे पत्रकार सम्मेलन गर्नुपरेको प्रस्ट पारे आकाशले । उनले भने, ‘यतिबेला श्रीजी यहा“ हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला, तर हाम्रो दुर्भाग्यले उहाँ अहिले भारतको मुम्बईमा उपचार गराइराख्नुभएको छ । यसै साता उहा“ नेपाल आएर तपाईंहरूमाझ प्रस्तुत हुनुहुनेछ ।’ निर्देशक आकाशले चलचित्र कोहीनूर जसरी पनि साउन २३ गते नै सार्वजनिक प्रदर्शनमा आउने ठोकुवासमेत गरे । आकाशले आफू हरेक दिन श्रीकृष्णको सम्पर्कमा रहेको र उहा“कै सरसल्लाहमा नै आफूले पत्रकार सम्मेलन आयोजना गरेको स्पष्ट पनि पारे । हनिमुनका लागि श्रीकृष्ण र श्वेता दुई साताअघि भारतको सिमला गएका थिए भने श्रीलाई सञ्चो नभएपछि उनी उपचारका लागि भारतमै अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार