एमाले र काग्रेस संविधानसभाको म्याद थपको विपक्षमा उभिने, सिटौलाबाट सरकार छाडेको घोषणा

१० जेष्ठ २०६९, बुधबार १८:५९ मा प्रकाशित

काठमाडौ, १० जेठ । नेकपा एमाले र नेपाली काग्रेस संविधानसभाको म्याद थपको विपक्षमा उभिने निर्णय गरेका छन् । आज बसेको नेपाली काग्रेसको केन्द्रीय कार्य समिति र एमाले स्थायी समितिको बैठकले संविधानसभाको म्याद थप्ने सरकारी प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको हो । बैठकले जेठ १४ भित्रै नयाँ संविधान जारी गर्नु पर्ने अडान दोहोर्याउँदै त्यसकोलागी क्रियाशिल हुने निर्णय गरेको छ ।
त्यस्तै पाँच बुँदे सहमति प्रति प्रधानमन्त्रीको ध्यान आर्कषित गराउँदै एमाले बैठकले प्रधानमन्त्रीलाई तत्काल राजिनामा दिएर सहमतिको सरकार गठनको मार्ग प्रसस्त गर्न  आग्रह पनि गरेको छ ।
यसैवीच केन्द्रीय कार्य समितिको बैठकमा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारमा रहेकोले आफुले सरकारी प्रस्तावको विरोध गर्न नसकेको भन्दै आजबाट आफु सरकारमा नरहेको घोषणा गरेका छन् ।
उनले प्रधानमन्त्रीले जवरजस्ती संविधानसभाको म्याद थपको प्रस्ताव दर्ता गर्न लगाएकोले आफू सरकारमा बस्नुको औचित्य सकिएको स्पष्ट पारेका थिए ।
संविधानसभाको म्याद थप्नु गल्ती भएको भन्दै सिटौलाले संविधानसभाको म्याद थप्न नसकिने धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्