
मुम्बई । फेसनको विश्वबजार अहिले साँघुरिँदै गएको छ। सिर्जनात्मक क्षमता भएका डिजाइनरले विश्वभरका सेलिब्रेटीलाई आफूले सिर्जना गरेको पोसाकका सजाउने अवसर पाउने गरेका छन्।
यस दृष्टिकोणमा भारतीय डिजाइनरद्वय फाल्गुनी पिकक र साने पिककलाई भाग्यमानी मानिन्छ। उनीहरूले विश्वविख्यात गायिका एवं नायिका जेनिफर लोपेज, ब्रिट्नी स्पेयर्स, लेडी गागा, पेरिस हिल्टनलगायतका सेलिब्रेटीको पोसाक डिजाइन गरिसकेका छन्।
बलिउडका अधिकांश सेलिब्रेटीको पोसाक डिजाइन गरिसकेका उनीहरूलाई हलिउडलगायत अन्य मुलुकको सेलिब्रेटीको डिजाइन गर्दा भने आफ्नो सिर्जना पूर्ण रूपमा प्रयोग हुन नसकेको खुलासा गरेका छन्।
‘विदेशी सेलिब्रेटीका लागि पोसाक बनाउँदा उनीहरूको चाहना र मागका कारण आफ्नो सम्पूर्ण सिर्जना प्रयोग गर्न गाह्रो हुन्छ’, डिजाइनर पिककद्वयले भनेका छन्।
फेसन डिजाइनमा सफल मानिएका यो जोडीले कुनै न कुनै दिन विश्वविख्यात गायिका जेनिफर लोपेजलाई सारीमा उतार्ने लक्ष्य लिएका छन्। जेनिफरको ग्ल्यामरस र सेक्सी छवि सारीमा झनै खुल्ने उनीहरूको भनाइ छ। एजेन्सी
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत
काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र
काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत
मुम्बाइ । बलिवुड अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छन् ।करीनाले आइतबार विहान छोरालाई जन्म दिएकी हुन् । भारतीय