बिकिन लगाउँदिन

१४ श्रावण २०७१, बुधबार ०८:३४ मा प्रकाशित

Humaima Mallikमुम्बई : पाकिस्तानी सुन्दरी हुमैमा मल्लिक चलचित्र ‘राजा नटवरलाल’ बाट बलिउड प्रवेश गर्दैछिन्। अन्य सुन्दरीजस्तै उनले पनि स्वादिलातर्क गर्दै चर्चामा आउने प्रयास गरेकी छन्।

हुमैमाले आफूलाई चुम्बन दृश्य दिन समस्या नभए पनि बिकिनी सिन गर्न भने आँट नभएको बताएर चर्चाको विषय बनेकी छन्। उनको विचारमा अभिनेत्रीका लागि बिकीनी होइन अभिनय राम्रो हुनुपर्छ।

दमदार अभिनय गर्न सकेन बिकिनीको सहारा लिनु नपर्ने तर्क पनि उनले गरेकी छन्। आफू अभिनीत पहिलो चलचित्रमा अनावश्यक अश्लील नभएका पनि उनले दाबी गरेकी छन्।

कुणाल देशमुखको निर्देशन रहेको चलचित्र ‘राजा नटवरलाल’ मा हुमैमाका साथै इमरान हासमी, परेश रावल, दीपक तिजोरीलगायतले अभिनय गरेका छन्। आगामी महिना यो चलचित्र रिलिज हुँदैछ। -एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार