भारतद्वारा कोसी-गण्डकको क्षतिपूर्ति दिन ठाडै अस्वीकार

१४ श्रावण २०७१, बुधबार ०८:१७ मा प्रकाशित

Koshi Nadiकाठमाडौं, १४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण उपलब्धिमूलक हुने अपेक्षा नेपालमा भइरहेका बेला भारतले भने ५० वर्षदेखि अड्केको कोसी र गण्डक प्रभावितलाई मुआब्जा र क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले कोसी र गण्डकको क्षतिपूर्ति दिनुपर्ने नेपालको पुरानो प्रस्ताव ठाडै अस्वीकार गरेको हो। कोसी र गण्डक ब्यारेज, तटबन्ध र एफलक्स बनाउने क्रममा हजारौं विघा जमिन अधिग्रहण गरे पनि अहिलेसम्म क्षतिपूर्ति र मुआब्जा दिइएको छैन। क्षतिपूर्ति नपाएका स्थानीय बासिन्दा वर्षौंदेखि आन्दोलनरत छन्।

गत शनिबार काठमाडौंमा सम्पन्न आयोगको तेस्रो बैठकमा नेपालले कोसी र गण्डक ब्यारेज बनाउने क्रममा अधिग्रहण गरिएका जग्गा र यी दुई संरचनाले पुर्‍याएको क्षतिबारे भारतले क्षतिपूर्ति दिनुपर्ने पुरानो माग दोहोर्‍याएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । आयोगको ७६ औं बुँदे निर्णयको ५९ औं बुँदामा भारतले कोसी र गण्डकको मुआब्जा र क्षतिपूर्ति नदिने उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री