मोदीसँग हिन्दू राज्यको कुरा गर्दैनौंः थापा

१३ श्रावण २०७१, मंगलवार १६:२९ मा प्रकाशित

Kamal-thapa-BIGकाठमाडौं, १३ साउन । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले भारतसँगको परम्परागत समस्या हटाउनका लागि नरेन्द्र मोदीको भ्रमणलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले भ्रमणलाई पृथक रुपमा अगाडि बढाउन सके मात्रै मोदीको भ्रमण सफल हुन सक्ने बताए ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अत्यन्तै दुरदृष्टिका साथ नेपाल भ्रमणमा आउनलाग्नु भएको छ,’ उनले भने, ‘नेपालले पनि भ्रमणको सोही स्तरको गृहकार्य गरेर जानु पर्छ ।’
अध्यक्ष थापाले मोदीले छिमेकी पहिले भन्ने अवधाराण ल्याएकाले आसन्न भ्रमण समस्या समाधानको विन्दु हुन सक्ने बताए । उनले नेपाल–भारतवीच भएका कतिपय असमझदारीहरूलाई एकै साथ मिलाउन नहुने धारणा राखे । भने, ‘१९५० को सन्धि, सीमा विवाद, घाटा कम गर्नु पर्ने भए ती विषयहरूलाई छुटटै डिल गर्न सक्नु पर्छ ।’
मोदीको भ्रमणको बेला नेपालले राजनीतिक विषय छाडेर आर्थिक विकासको एजेण्डालाई अघि सार्नु पर्ने भन्दै उनले भारतले अहिले नेपाललाई उच्च प्राथमिकतामा राखेकाले भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुराउने विश्वास ब्यक्त गरे ।
अध्यक्ष थापाले भारतीय प्रधानमन्त्री मादीको भ्रमण बहुआयामिक भएको भएपनि सरकार र प्रमुख तीन दलले बृहत दृष्किोणका साथ गृहकार्य गर्न कन्जुस्याइ गरीरहेको आरोप लगाए । ‘तीन दल र सरकारले कन्जुस्याइले राष्ट्रिय हितको संरक्षण गर्न सक्दैन,’ उनको भने, ‘तीन दलको घेरमा गरिने राष्ट्रिय सहमति प्रत्यूत्तपादक हुन्छ ।’
सनातन हिन्दू राज्यको माग गर्दै आएको भए पनि अध्यक्ष थापाले भारतीय प्रधानमन्त्री मोदी भ्रमणमा आउँदा कुनै पनि राजनीतीक दलले दलगत विषय उठाउन नहुने बताए । उनले भने, ‘राप्रपा नेपालले पनि हिन्दू धर्मका विषयमा कुनै कुरा उठाउँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो