लिम्बूवानको बन्दमा दुध र चियाको गाडिसमेतलाई रोक

१० जेष्ठ २०६९, बुधबार १७:४८ मा प्रकाशित

काठमाडौ, १० जेठ । संघिय लिम्बूवान राज्य परिषदले आजबाट आह्वान गरेको तीनदिने पूर्वाञ्चल बन्दको क्रममा दुध र चियाको गाडि समेत रोक लगाईएको छ । दुधको र चियाको गाडिलाई रोक लगाउँदा इलाममा दैनिक सरदर उत्पादन हुँदै आएको डेढ लाख किलोसम्म हरियो पत्ति नष्ट हुने अवस्थामा पुगेको छ । कृषकहरुले पत्ति टिपेपनि कारखानासम्म लानका लागि यातायातका साधन नचल्दा तथा कारखाना नै बन्द भएपछि उत्पादित चिया नष्ट हुने अवस्थामा पुगेको इलाम कन्यामका चिया कृषक काजिमान कागतेले बताउनु भयो । इलाममा सन्चालनमा रहेका चिया कारखानाले दैनिक आठ देखि १० हजार किलोसम्म हरियो चिया प्रशोधन गर्दै आएको छ । कारखाना बन्द भएपछि अहिले त्यहाँ कार्यरत मजदुरहरु समेतलाई समस्या पर्दै गएको छ भने, चिया मजदुरहरुको दैनिक अवस्था नाजुक बन्दै गएको छ । यस्तै चिया टिप्ने समयमा चिया नपिटे उत्पादन घटने भएकाले अहिले कृषकहरुमा चिन्ता थपिएको छ । चिया टिपिन्छ तर के गर्नु बिक्रिका लागि लैजान न गाडि छ, न कारखाना नै चलेको छ, कृषक कागतेले भन्नुभयोर्—यसरि नै बन्द जारि रहे हामि भोकभोकै मर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न, यसैले बन्दलाई सधैका लागि बन्द गरेर बार्ता र सहमतिबाट समस्या समाधानको बाटो रोज्न बन्दकर्तासामू आग्रह गर्दछु ।’ यस्तै परिषदले दुधको गाडि समेत चल्न नदिदा इलाममा दुधको आम्दानिबाट घरपरिवार चलाउँदै आएका कृषकहरु मारमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध