‘मोदीको भ्रमण राजनीतिक उपलब्धि’

१३ श्रावण २०७१, मंगलवार ०५:३५ मा प्रकाशित

Narendra_Modi-Big-officकाठमाडौ, १३ साउन । प्रधानमन्त्री सुशील कोइरालाले १७ वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई साझा उपलब्धि मानेर स्वागत गर्न सत्ता साझेदार एमाले र विपक्षी एमाओवादीका शीर्ष नेतालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटरमा सोमबार बिहान बसेको प्रमुख तीन दलको बैठकमा कोइरालाले भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा सरकारले राख्ने विकास र पूर्वाधार निर्माणका एजेण्डाप्रति प्रमुख तीन पार्टीसहित सबै राजनीतिक दलको ऐक्यबद्धता खोजेका थिए ।

उनले यसअघि संझौता भइसकेका पुर्व-पश्चिम जोड्ने हुलाकी राजमार्ग, पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना, माथिल्लो कर्णली, अरुण तेस्रोलगायतका विद्युत आयोजनाहरुको चाडो कार्यान्वयन, भारतीय अनुदानमा कुनै एक नयाँ जलविद्युत आयोजनको निर्माण, मध्य पहाडी लोकमार्ग र विद्युत व्यापार सम्झौता (पिटिए) लाई प्रमुखताका साथ उठाउने जानकारी गराएका थिए । यी विषयहरुमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका क्रममा समेत ध्यानाकर्षण गराइएको प्रधानमन्त्रीले जानकारी गराएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

एमाओवादीले विद्युत व्यापार संझौता गर्दा गंम्भीर गृहकार्य गरेरमात्रै गर्नुपर्ने सुझाव दिएको थियो । यस विषयमा भारतीय पक्षबाट आएको प्रस्तावका केही बुँदाले आशंका जन्माएको भन्दै एमाओवादीले नेपालको हित हुनेगरी संझौता गर्नुपर्नेमा जोड दिएको थियो । प्रधानमन्त्री कोइरालाले पनि नेपालको हितमा हुने गरी दुई पक्षीय छलफल भइरहेको बताएका थिए । कोइरालाले सरकारको गृहकार्यका बारेमा जानकारी गराउनका लागि मंगलबार पुनः तीन दलको बैठक बोलाएका छन् ।

विद्युत व्यापार संझौताका बिषयमा भइरहेका गृहकार्य बारे तीन दलको मंगलबार बस्ने बैठकमा जानकारी गराउन उर्जा र पराराष्ट्र मन्त्रालयका मन्त्री र सचिवलाई बोलाइएको छ । प्रधानमन्त्री कोइरालाले राजनीतिक सहमतिबाट नै पिटएमा हस्ताक्षर गर्न चाहेका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा