दक्षिण मध्य एसियाली ह्याण्डबल बैठक सुरु

१० जेष्ठ २०६९, बुधबार १७:४७ मा प्रकाशित

काठमाडौ, १० जेठ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासङ्घ तथा एसियाली ह्याण्डबल महासङ्घको आयोजनामा आजदेखि राजधानीमा दक्षिण मध्य एसियाली ह्याण्डबल बैठक सुरु भएको छ । बैठकले ह्याण्डबलको क्षेत्रमा कम विकसित राष्ट्रहरूलाई ह्याण्डबल खेलको विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्ने ठोस नीतिगत निष्कर्ष निकाल्ने नेपाल ह्याण्डल सङ्घका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । बैठकमा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, यमन तथा कुवेतका ह्याण्डबल पदाधिकारीहरूको उपस्थिति छ । बैठकमा एसियन ह्याण्डबल महासङ्घ कुवेतका कार्यकारी निर्देशक डा अहमद अबु अल लाइलको उपस्थित रहेको छ । यो बैठक नेपालको ह्याण्डबल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय बैठक भएको नेपाल ह्याण्डबल सङ्घले जनाएको छ । बैठक १३ गतेसम्म सञ्चालन हुनेछ । ह्याण्डबल खेल विशेष गरी एसियाको गल्फ मुलुक र युरोप महादेशमा अत्यधिक मात्रामा खेल्ने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको