मधेसी मुद्दामा सम्झौता नगर्ने सञ्चारमन्त्री यादवको भनाइ

१० जेष्ठ २०६९, बुधबार १७:४६ मा प्रकाशित

काठमाडौ, १० जेठ । सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले मधेशका मुद्दामा एक इन्च पनि हटेर सम्झौता नगर्ने बताउनुभएको छ ।    मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) को प्रथम स्थापना दिवसको अवसरमा आज शङ्खमुलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले मधेसका मुद्दामा पछि हट्ने गरी ११ प्रदेशमा सम्झौता भए सरकारबाट बाहिरिएर सङ्घर्षमा उत्रने चेतावनी दिनुभयो । फोरम गणतान्त्रिकका सहअध्यक्षसमेत रहनुभएका मन्त्री यादवले अहिले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै संवेदनशील अवस्थामा रहेको र हामी मधेसी जनताको अधिकारको सुनिश्चितताको लागि अन्तिम कसरतमा रहेको पनि बताउनुभयो । साथै उहाँले मधेसी मुद्दामा एक इन्च पनि पछि हटेर सहमति नगर्ने बरु पद त्यागेर विद्रोहमा जाने चेतावनी दिनुभयो । उहाँले नेपाली काँग्रेस र नेकपा एमालेको निर्वाचन पद्धतिमा पनि नजाने र सहमति गर्न पनि नचाहने अड्डीले उनीहरू नयाँ संविधानको पक्षमा नरहेको स्पष्ट भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केरा खेती गरेर लाखाँै आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई÷चार घरी

काठमाडौँ । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका

रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु

आजको प्रमुख समाचार