रुस्मिताले जितिन प्रिन्सेस नेपालको ताज

१२ श्रावण २०७१, सोमबार १३:१० मा प्रकाशित

princes nepal  (2)काठमाडौं, १२ साउन । नेप्लिज फेशन होमद्वारा आयोजित ‘दोस्रो प्रिन्सेस नेपाल–२०१४’को उपाधि काठमाडौंकी रुस्मिता शाहीले जितेकी छिन् । उनले उपाधिसँगै क्राउन, २० हजार रुपियाँ र विभिन्न उपहार पनि पाइन् ।
यो प्रतियोगितामा साइस्ता पोखरेलले ‘सेकेन्ड रनरअप’को उपाधि हाँसिल गरिन् । उनले उपाधिसँगै १० हजार रुपियाँ र विभिन्न उपहार पाइन् । यस्तै ‘सेकेन्ड रनरअप’को उपाधि भने रस्मिता लिम्बुले पाइन् ।
आइतबार आयोजित कार्यक्रमको प्रमुख अतिथि सभासद् आरजु राणा देउवाले यस्ता प्रतियोगिताले युवतीहरूको व्यक्तित्व विकासमा फाइदा पुग्ने धारणा राखिन् ।
प्रतियोगितामा विभिन्न कलेजका १८ युवती अन्तिम चरणका लागि चयन भएका थिए । प्रतियोगितामा अन्य उपाधिका लागि पनि प्रतियोगीवीच प्रतिस्पर्धा भएको थियो ।

जस अन्तर्गत ‘बेस्ट स्माईल’को उपाधि स्विटी शेर्पा, ‘बेस्ट हेयर’को उपाधि शिल्पा महर्जन, ‘बेस्ट स्किन’को उपाधि नेहा भट्टराई, ‘बेस्ट चार्मिङ’को उपाधि चिम्साङ लामाले पाए ।

‘मिस ट्यालेन्ट’को उपाधि श्रद्धा बस्नेत, ‘सोसियल एम्बेस्डर’को उपाधि पासाङ शेर्पा, ‘बेस्ट ड्रेस’को उपाधि स्वस्तिका कर्माचार्यले जिते ।

यस्तै ‘फ्रेन्डसिप उपाधि’ श्वेच्छा दाहाल, ‘बेस्ट पर्सनालिटी’को उपाधि सदीक्षा मिश्र, ‘फोटो जेनिक’को उपाधि कविता शर्मा, ‘पब्लिक च्वाइस’को उपाधि समिना तमोट र ‘डिसिप्लेन’को उपाधि पूजा मानन्धरले हाँसिल गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै