विश्व हेपाटाइटिस दिवसमा जनचेतनामूलक पदयात्रा

१२ श्रावण २०७१, सोमबार १५:५१ मा प्रकाशित

world-hepatitis-dayकाठमाडौं, १२ साउन । सातौँ विश्व हेपाटाइटिस दिवसका दिन आज ‘हेपाटाइटिस फेरि एकपटक सोचौँ, यसलाई बुझौँ र यस रोगबारे सही प्रकारले सूचित होऔँ’ भन्ने जनचेतनामूलक नाराका साथ पदयात्रा निकालिएको छ ।

लिभर फाउन्डेसन, द लिभर क्लिनिक, माइक्रो प्वाइन्ट नेपाल, रोटरी क्लब अफ भादगाउँको संयुक्त आयोजनामा निकालिएको सो यात्रा रत्नपार्कको शान्तिबाटिकाबाट सुरु भई प्रदर्शनी मार्ग, भद्रकाली, सहिदढोका, नयाँ सडक, वीर अस्पताल हुँदै पुनः शान्तिबाटिकामा आएर समापन गरिएको थियो ।

सन् २००८ देखि हरेक वर्ष २८ जुलाईका दिन विश्वभर हेपाटाइटिस दिवस मनाउन थालिएको भएपनि नेपालमा सन् २०१० को जुलाई २८ देखिमात्र मनाउन सुरु गरिएको हो ।

लिभर फाउन्डेसनका अध्यक्ष डा सन्तोषमान श्रेष्ठले हेपाटाइटिस ए र इ दूषित पानीबाट सर्ने हुँदा स्वच्छ पीउने पानीको प्रयोग गरी खानपिनमा सन्तुलन कायम गरेमा सो रोगबाट सङ्क्रमण नहुने बताए । उनले हेपाटाइटिस बि र सीले कलेजोको दीर्घकालीन सङ्क्रमण गराउने र त्यसले कलेजोमा क्यान्सर तथा कलेजो असफलसमेत गराउन सक्ने हुँदा त्यसप्रति सतर्क हुनुपर्नेमा जोड दिए ।

नेपालमा करिब तीन लाख सो रोगबाट सङ्क्रमित रहेको बताइएको छ ।

पदयात्रामा सहभागीले सन्देशमूलक प्रचार सामग्रीबाट रोग न्यूनीकरणका लागि सन्देश फैलाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना