मध्यबिन्दु अस्पतालको आकस्मिक बन्द

१२ श्रावण २०७१, सोमबार १३:४३ मा प्रकाशित

Madhyabindu Samudaik Hospitalकावासोती, १२ साउन । नवलपरासीको डण्डामा रहेको मध्यबिन्दु सामुदायिक स्मृति अस्पताल सञ्चालक समितिका अध्यक्ष महेन्द्र पोखरेल र सहसचिव बालकृष्ण घिमिरेले अस्पतालका चिकित्सक किरण सोतीलगायतका कर्मचारीमाथि अभद्र तथा अशिष्ट रूपमा गालीगलौज गरेको भन्दै स्वास्थ्यकर्मीले अस्पतालमा आकस्मिक तथा सबै स्वास्थ्य सेवा बन्द गरेका छन् ।

आइतबार राति अस्पताल आएका सञ्चालक समितिका अध्यक्ष पोखरेल र सहसचिव घिमिरेले टेलिफोनबाट आफूलाई धम्काएको चिकित्सक सोतीले बताए । ड्युटीबाहिर रहेको अवस्थामा फोनमा तथानाम गाली गरियो पेसागत मर्यादामै आँच आउने गाली भएकाले बाध्य भएर स्वास्थ्य सेवा नै बन्द गर्न परेको उनले बताए ।

आइतबार राति १२ बजेदेखि सबै सेवा बन्द गरेर स्वास्थ्यकर्मी, सञ्चालक समितिका अध्यक्ष र सहसचिवको विरुद्धमा उत्रिएपछि अस्पतालमा कुनै पनि बिरामी रहेका छैनन् ।

‘अस्पतालमा भर्ना भएका आठजना बिरामीलाई डिस्चार्ज दिएपछि अस्पतालमा सेवा दिइएको छैन,’ चिकित्सक सोतीले भने, ‘कुनै छलफल र डिमान्ड भएको भए पो गाली गर्नु त्यसै रातको समयमा गाली गरेपछि असह्य भयो अनि सेवा बन्द गरेका हौँ ।’

सञ्चालक समितिका अध्यक्ष पोखरेलले राति अस्पतालमा गए पनि आफ्नोतर्फबाट भनाभन केही नभएको र अस्पतालको विषय भएकाले अस्पतालमै बसेर कुरा गर्ने बताए ।

अस्पतालका उपाध्यक्ष केदारनाथ घिमिरेले राति होहल्ला भएको खबर पाएको भए पनि विस्तृत कुरा बुझिनसेकेको बताए । प्रशासक दीपक केसीले फोन गरेर घटनाबारे जानकारी गराएको भए पनि यथार्थ थाहा नभएको बताए । जनस्तरबाट धनधान्याञ्चल महायज्ञ गरी सो अस्पताल सञ्चालन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य