लिटिल आइडयले देखाए प्रतिभा

१२ श्रावण २०७१, सोमबार ०८:४३ मा प्रकाशित

Sani-Taruniकाठमाडौं : ‘मिस टिन आइडियल २०१४’ र ‘मिस लिटिल आइडियल २०१४’ का सहभागीले आफ्नो प्रतिभा देखाएका छन् । एक्सन इन्टरटेनमेन्ट प्रालिको आयोजना गरेको दुबै प्रतियोगिताका सहभागीले एकै मञ्चमा आ–आफ्नो प्रतिभा प्रदर्शन गरे ।
मिस ट्यालेन्ट उपाधिका लागि काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा भएको प्रतिष्पर्धामा दुवै प्रतियोगिताका प्रतियोगीले गीत, नृत्य, विचार अभिव्यक्ति, प्रहसन, उद्घोषण एवं बाद्यवादनलगायतका विधा मार्फत आफ्नो दक्षता प्रस्तुत गरे ।
सन् २००९ देखि ‘मिस मंगोल’ र ‘मिस लिटिल आइडल’ प्रतियोगिता आयोजना गर्दै आएको इन्टरटेनमेन्टले यसवर्ष देखि मिस टिन आइडल पनि सुरु गरेको छ । मिस टिन प्रतियोगितामा १५ जिल्लाका २३ प्रतियोगी अन्तिम प्रतिष्पर्धामा भिड्दै छन् ।
उता मिस लिटिल आइडल भने यो छैटौं संस्करण हो । जसमा २२ विद्यालयका ५२ जना प्रतियोगी अन्तिम प्रतिष्र्धाका लागि छानिएका छन् ।
गीतकार एवं लेखक डा.रामविक्रम सिजापती, नायक दयाहाङ राई, मिस मंगोल नेपाल २०१४ एनिस्ता गुरुङ, गायक रोज मोत्तान, मिस मंगोल नेपाल २०१३ की सेकेन्ड रनरअप सोनु श्रेष्ठ र मिस मंगोल नेपाल २०१४ की फस्ट रनरअप एनी गुरुङ छनौट तथा प्रतिभा प्रस्फुटन राउन्डका निर्णायक रहेका थिए ।
प्रशिक्षणमा दुबै प्रतियोगिताका प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिने छन् । मिस टिन आइडल साउन १६ गते शुक्रबार र मिस लिटिल आइडल १७ गते शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम स्पधा हुने आयोजक संस्थाकी प्रबन्ध निर्देशक चन्दा घिसिङले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै