कमिशन खान सर्तैसर्त

१२ श्रावण २०७१, सोमबार ०८:०९ मा प्रकाशित

काठमाडौ, १२ साउन । चिलिमे हाइड्रोपावर कम्पनीले बिजुली उत्पादनका साथै स्थानीय जीवनस्तर माथि उठाउन सफल भयो नै, मुलुकमा ऊर्जा संकट समाधान गर्ने सफल मोडलको रूपमा समेत देखापर्‍यो ।

३० मेगावाट विद्युत् उत्पादन गरिरहेको कम्पनी प्रमुख लगानीकर्ता भएको सान्जेन माथिल्लो र तल्लोका साथै रसुवागढी र मध्य भोटेकोसी जलविद्युत् परियोजनाको निर्माण कार्य सुरु भएको छ ।

परियोजनाको सफलताको श्रेय दिइन्छ, कुलमान घिसिङलाई । तर तिनै घिसिङ केही दिनअघि अपमानपूर्वक हटाइए । सान्जेन जलविद्युत्को ठेक्का ुचाइना गजुबा ग्रुप कर्पोरेसन फर वाटर रिसोर्सेज एन्ड हाइड्रो पावर कम्पनीु ले पाएको थियो ।

ठेक्का अवार्ड गरेपछि कम्पनीका एजेन्ट दीपक भट्टले १२ बुँदाको सर्त तेस्र्याए । योजनाको लागत दोब्बर बनाउने सर्त स्वीकार नगरेपछि ठेकेदार काम गर्न नआएको कम्पनीलाई कालोसूचीमा राखेर अर्को कम्पनीलाई ठेक्का दिएर काम थालिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘सर्त मान्दा योजनाको लागत दोब्बर हुन्थ्यो,’ घिसिङले भने, ‘नमान्दा हटाइनुपर्‍यो ।’ निर्माण कार्य सुरु भएको सान्जेन ९माथिल्लोरतल्लो० मा ३८, रसुवागढी ३३ मध्य भोटेकोसीमा १३ प्रतिशत चिलिमेको लगानी हुने योजना हुन् ।

योजनामा स्थानीयको लगानी गराउने गृहकार्य भइरहेको छ । निर्माणाधीन योजनासमेत सफल भए चिलिमे विदेशी लगानीकर्ता नपर्खी मुलुकलाई लोडसेडिङमुक्त गराउने मोडल बन्न सक्छ । ‘चिलिमेजस्तै सेयरमार्फत स्थानीय लाभान्वित हुने भएपछि लगानी गर्ने पुँजीको अभाव हुँदैन,’ घिसिङले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ सरकार र संसदबारे नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपासँग संवाद गर्ने निर्णय गरेको

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९