पार्टी स्थायी र सुनिश्चित शक्ति: थापा

११ श्रावण २०७१, आईतवार १८:४१ मा प्रकाशित

Kamal-Thapa-Bigकाठमाडौं, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टी अहिले स्थायी र सुनिश्चित शक्ति भएको बताएका छन् ।

पार्टीको काठमाडौँ जिल्ला समितिले आज राजधानीमा आयोजना गरेको सङ्गठन सुदृढीकरण कार्ययोजनासम्बन्धी अन्तक्र्रियामा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीसँग राजनीतिक व्यवहार गर्न हिचकिचाउने दलहरुले अहिले सुमधुर सम्वन्ध स्थापना गर्न खोजेकाले पार्टी स्थापित भएको उल्लेख गरे ।

उनले पार्टीको पहिलो महाधिवेशनबाट पारित भएको वैचारिक तथा राजनीतिक मार्गदर्शनलाई केन्द्रमा राखी कार्यकर्तालाई अघि बढ्न निर्देशन दिँदै सम्वद्र्धनवादको दर्शन र विचारको आधारमा निरन्तरतासहितको परिर्वतनको पक्षमा पार्टी दृढ रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष धवलशम्शेर राणा, महामन्त्री चन्द्रबहादुर गुरुङ र काठमाडौँ जिल्ला समितिका अध्यक्ष नवराज सिम्खडाले जनादेशका आधारमा सो पार्टी मुलुकको वैकल्पिक शक्तिका रुपमा उदय भएको भन्दै अहिले देशभर सङ्गठन निर्माणको अभियानमा पार्टी अघि बढेको बताए ।

सो अवसरमा करिब ५०० कार्यकर्तालाई सक्रिय सदस्यता वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने