स्वराज र एमालेका काबा. अध्यक्ष गौतमबीच भेट

११ श्रावण २०७१, आईतवार १५:२० मा प्रकाशित

Sushma-Swaraj-&-Bamdev-Gautकाठमाडौं, ११ साउन । नेपालको औपचारिक भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुषमा स्वराज र नेकपा (एमाले)का कार्यबाहक अध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

राजधानीमा आज भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धको विविध पक्षका साथै राजनीतिक दलहरुबीच सहमति कायम गरेर तोकिएको समयभित्रै संविधान लेख्ने, शान्ति प्रक्रियालाई पूर्णता दिने, स्थानीय निकायको निर्वाचन यथाशीघ्र गर्नेबारे छलफल भएको एमाले उपाध्यक्ष भीम रावलले बताए ।

संविधान जारी गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने, दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने र विद्युत् व्यापार सम्झौता पारस्परिक लाभका आधारमा गर्नुपर्नेमा विषयमा पनि दुई नेताबीच विचारविमर्श भएको थियो ।

विद्युत् व्यापार सम्झौता नेपालको आवश्यकता अनुरुप र दुई मुलुकको पारस्परिक लाभका आधारलाई हुनुपर्नेमा एमालेको असहमति नरहेको धारणा कार्यबाहक अध्यक्ष गौतमले व्यक्त गर्नुभएको उपाध्यक्ष रावलले बताए ।

भेटवार्तामा एमालेका उपाध्यक्षद्वय विद्यादेवी भण्डारी र रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र  विष्णु पौडेल र सचिव भीम आचार्य सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको