खराब मौसमलाई दोषारोपण

११ श्रावण २०७१, आईतवार १३:०० मा प्रकाशित

Planeअल्जियर्स, ११ साउन । अल्जेरियाली प्रधानमन्त्री अब्देलमालेक सेलालले अल्जेरियाली विमान खराब मौसमका कारण दुर्घटना भएको शनिबार बताएका छन् ।

अल्जेरियाको राष्ट्रिय ध्वजाबाहक कम्पनी एयर अल्जेरियाको स्वामित्वमा रहेको एडी ८३ मोडेलको विमान गत बिहीबार बेलुका धावन मार्ग छोडेको केहीबेरमा नै अत्यन्त जटिल मौसमीस्थिति, बाक्लो बादल र आँधीबेहरीमा परी दुर्घटनाग्रसत भई विमानमा सवार ११८ व्यक्तिको मृत्यु भएको थियो ।

जमिन सतहबाट १० हजार मिटर माथि पुगेको सो विमानलाई मालीका विद्रोहीहरूले रकेट प्रहार गरी खसाल्न नसक्ने समेत सेलालले दाबी गरे ।

मालीका सशस्त्र विद्रोहीहरूले क्षेप्यास्त्र प्रहार गरी अल्जेरियाली विमान खसालेको भनि व्यापक रुपमा चलेको हल्लाको खण्डन गर्दै प्रधानमन्त्री सेलालले एक प्रेस सम्मेलन आयोजना सो दावी गर्नु भएको हो ।

विमानमा रहेका दुईवटा ब्ल्याक बक्समा रहेका तथ्याङ्कको आधारमा मात्र चालकको गल्ती वा अन्य कुनै कारणबाट विमान खसेको सो एकीन गर्न बाँकी रहेको जनाइएको छ ।

प्रधानमन्त्री सेलालका अनुसार स्पेनको स्विफ्ट एयरसँग एक महिना अगाडि मात्र लिजमा लिएको उक्त एडी¬¬– ८३ मोडेलको विमान एक दिनअघि मात्र फ्रान्सेली इञ्जिनियरहरूले जाँच गर्दा दुरुस्त पाइएको थियो ।

बर्किना फासोको वागादोगु विमानस्थलबाट १४ विभिन्न मुलुकका नागरिकहरू र ६ जना स्पेनका चालक सदस्य समेत ११८ जना यात्रु लिई अल्जेरियाली उडान नं एएच ५०१७ बाट उडेको उक्त विमान उत्तरी मालीको गोस्सी सहरमा दुर्घटनाग्रस्त भई खस्दा सवै यात्रुको मृत्यु भएको थियो ।

विमानमा रहेको दुबै ब्ल्याक बक्सलाई फ्रान्सेली सैनिक टुकडी र मालीस्थित राष्ट्र सङ्घीय शान्ति सेनाले फेला पारेका थिए । ब्ल्याक बक्सका तथ्याङ् प्रतिवेदन हालसम्म आएको छैन । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित खवर

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।