सभापतिलाई सभासद बनाउन काग्रेस सभासद राधेश्याम अधिकारीद्धारा राजिनामा

१० जेष्ठ २०६९, बुधबार १३:४१ मा प्रकाशित

काठमाडौ, १० जेठ । मन्त्री परिषदले मनोनित गर्ने २६ जनाको कोटाबाट नेपाली काग्रेसका तर्फबाट मनोनित सभासद राधेश्याम अधिकारीले पदबाट राजिनामा दिएका छन् ।
उनले आज जनताको म्याण्डेड बाहिर गएर संविधान निर्माण नगरी संविधानसभाको म्याद थपेको आरोप लगाउँदै जनताको म्याण्डेड सकिएको संविधानसभामा बस्नुको औचित्य सकिएको भन्दै पदबाट राजिनामा दिएका हुन ।
उनले आजै आफ्नो पार्टी नेपाली काग्रेस र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ समक्ष पद त्याग गरेको जानकारी गराएका छन् ।
स्रोतका अनुसार अधिकारीले सभापति सुशिल कोइरालाको नेतृत्वमा सरकार बन्ने बातावरण निर्माणकोलागी कोइरालालाई सभासद बनाउन पद छाडेका हुन । तर काग्रेस र अधिकारीले सो विषयलाई पुष्टि गरेका छैनन । पाँच बुँदे सहमति अनुसार प्रधानमन्त्रीको राजिनामा जेठ १४ भित्र आउनु पर्ने भएकोले काग्रेसको तर्फबाट नेतृत्व गर्न सभापति कोइरालालाई सभासद बनाउन लागिएको काग्रेस स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा