‘षडयन्त्र र जालझेलको अर्को नाम पुष्पकमल दाहाल’

१० जेष्ठ २०६९, बुधबार १३:३२ मा प्रकाशित

काठमाडौ, १० जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद थपकालागी प्रधानमन्त्री डा बाबुराम भबट्टराईले राजिनामा दिनु पर्ने सर्त अगाडि सारेका छन् ।
बुधवार राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले दुई दिनभित्रमा संविधानका सबै विवादित विषयमा सहमति गरेर प्रधानमन्त्रीले राजिनामा गरे संविधान लेखेर जारी गर्न बढीमा एक महिना सम्म संविधानसभाको म्याद थप्न सकिने स्पष्ट पारे ।
उनले भने– दुई दिनमा संविधानका सबै विवादित विषयमा सहमति गरेर फेरि नउल्टिने गरी लक गर्नु पर्छ , प्रधानमन्त्रीले राजिनामा दिएर अर्को सरकार बन्ने भयो भने संविधान जारी गर्न आवश्यक बढीमा एक महिनासम्म संविधानसभाको म्याद थप्न सकिन्छ । माओवादीलाई यथास्थितिमा विश्वास गर्न सकिदैन प्रधानमन्त्रीले राजिनामा नगरे म्याद थप्न सकिदैन ।
नेपालले प्रधानमन्त्री भट्टराई र माओवादीप्रति दलहरुको विश्वास हराएकोले अब प्रधानमन्त्रीले राजिनामा दिए मात्रै विश्वासको आधार तयार हुने स्पष्ट पारे ।
उनले पाच बुँदे सहमति गर्नु अघिनै जेठको छिटोमा ७ र ढिलोमा १० गते प्रधानमन्त्रीले राजिनमा दिएर सहमतिको अर्को सरकार गठन गर्ने सहमति भएको लिखित कागज आफूहरुसँग सुरक्षित भएको खुलासा गर्दैै  अलिकति पनि नैतिकता भए प्रधानमन्त्रीलाई राजिनामा दिएर सहमतिको सरकार निर्माणको मार्ग प्रसस्त गर्न आब्हान गरे ।
एमाले सरकारबाट बाहिरिन्छ कि बाहिरिदैन भन्ने सन्चारकर्मीको जिज्ञासामा बरिष्ठ नेता नेपालले अहिले अप्ठ्यारो अवस्था छ, स्थायी समितिको बैठक बसेर सो विषयमा निर्णय गर्छौ । अहिले नै सरकारबाट बाहिरिने अवस्थामा पुगेका छैनौ ।
माओवादीले षडयन्त्रमुलक ढंगले हिजो साँझ पाँच बजे खाए खा नआए घिच भन्ने गरी अन्तिम बेलामा आफूहरुले धारणा बनाउन नपाउँदै म्याद थपको प्रस्ताव ल्याएको आरोप लगाउँदै नेता नेपालले भने– हामि जसरी पनि जेठ १४ गते भित्रै संविधान ल्याउने तयारीमा थियौ तर माओवादी संविधान निर्माणलाई टारदै टारदै आएको थियो कारण संविधानसभाको म्याद थप्ने षडयन्त्र पो रहेछ । म्याद थप्ने भए पहिला नै छलफल गर्नु पर्दथ्यो । यसले माओवादी नाङगिएको छ ।
मंगलबार साँझको बैठकमा आफूले संविधानका विवादित विषयमा सहमति बनेपछि जारी गर्न आवश्यक समयकोलागी राष्ट्रपतिकोमा गएर संविधानको बाधा अडकाउन फुकाएर एक महिना म्याद थप गर्न सकिन्छ ,नभए पाँच बुँदे सहमति अनुसार दुई दिन भित्रमा विवादित विषयमा सहमति कायम गरेर प्रधानमन्त्रीले राजिनामा गरेपछि आवश्यक समय थप्न सकिने प्रस्ताव गरेको तर प्रधानमन्त्रीले नमानेर म्याद थपको प्रस्ताव गरेको उनले खुलासा गरे ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई षडयन्त्र र जालझेलको अर्को नाम भएको आरोप लगाउँदै नेता नेपालले बचन र सहमतिको पालना गर्ने रक्तपात भए पनि आफ्नो स्वार्थकालागी जुनसुकै काम गर्न तयार रहेको दावी गरे । उनले भने–प्रचण्ड जस्तो जीवन साथी रोजिएछ खोई के भन्नु । जसले जो सँग पनि स्वार्थकोलागी जो सँग पनि साँठगाँठ गर्न सक्छन । अहिले सबै पछुताई रहेका छन् । मुलुक चर्को द्धन्द्ध र जातीय क्षेत्रीय कलहमा फसेपछि बाँकी पनि पछुताउँछन । प्रचण्डलाई राष्ट्रपतिको माया छैन । प्रचण्ड नेपालको ईतिहासकै सबैभन्दा ठूला षडयन्त्रकारीको रुपमा देखिए ।
उनले प्रचण्डलाई हिटलर, पोलपोट र ईदिअमिन को जस्तो मनोबृत्ति त्याग्न समेत साक्षात्कारमा आग्रह गरे ।
उनले माओवादी एमाले र काग्रेस फुटाएर आफ्नो स्वार्थ पुरा गर्ने दाउमा रहेको दावी गर्दै माओवादीलाई सो योजनमा फेल र पम्चर बनाईदिने चेतावनी दिए ।
नेता नेपालले भने–माओवादी अहिले बहुमतबाट पेलेर अगाडि बढ्ने र सहमति गरेर अन्तिम समयमा धोका दिने योजनामा छ तर हामि त्यसलाई असफल बनाई दिन्छौ ।
सर्वोच्च अदालतको सम्मान र संविधान निर्माणकोलागी विश्वासको बातावरण निर्माणमा एमालेको प्रयास भएको भन्दै बाँकी विषयमा सहमति बनिसकेको र ११ प्रदेशको पनि नाम खोज्न सकिने उनले स्पष्ट पारे । उनले भने– अदालतको फैसला नटेरेर माओवादी संबैधानिक अंगलाई तहस नहस पार्ने योजनामा छ त्यसलाई हामि सफल हुन दिदैनौ ।
उनले थपे– अदालतको चाहना संविधान नबनोस भन्ने होईन विवादित विषयमा सहमति भए संविधान जारी गर्न थप समय अदालतले नै दिन सक्छ । म्याद थप्न अदालतले रोक्दैन ।
यद्यपि उनले एकल जातीय प्रदेश नभई सबैको पहिचान कायम रहने गरी कसैको पहिचान नगुम्ने गरी संघीयता निर्माण गरिने बताए ।
जेठ १४ भित्रमै फिनिसिङ नभएको मस्यौदा ल्याउन सकिने अवथा रहेको भन्दै शासकीय स्वरुपमा सहमति भईसकेपछि प्रदेशलाई अनुच्छेदमा राखेर मस्यौदा लेख्न सकिने समेत स्पष्ट पारे ।
मुलुकको अवस्थामा तत्काल परिवर्तन हुन नसके नेपाल असफल राष्ट्र हुने चेतावनी पनि साक्षात्कारमा दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।