चुरे संरक्षणले मजदुर विचल्लीमा

१० श्रावण २०७१, शनिबार १५:०५ मा प्रकाशित

बिर्तामोड, १० साउन । चुरे संरक्षण कार्यक्रमअन्तर्गत देशभरका खोलानालाबाट ढुङ्गा, गिटी, बालुवा सङ्कलनमा रोक लगाएपछि विरिङ टाङटिङ खोलामा आश्रित मजदुर विचल्लीमा परेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत उत्तर इलामको सिमानासम्म दैनिक गिटीबालुवा सङ्कलन गर्ने मजदुरको मात्र सङ्ख्या दुई हजारभन्दा बढी रहेको छ ।

ट्रयाक्टरमा रोक लगाउन क्रसरवालाले प्रहरीको सहयोगमा खोलामा रोक लगाएको भन्ने थाहा पाएपछि अधिकांश स्थानीय मजदुरले शुक्रबार बेलुकैसम्म प्रहरी चौकी शनिश्चरे घेराबन्दी गरे ।

विरिङ खोलाले छाडेको एक कठ्ठा जग्गामा घर बनाइ त्यसै खोलामा विगत १५ वर्षदेखि गिटी चालेर परिवार पाल्दै आएका जरुवाबस्तीका ५६ वर्षीय प्रेमकुमार राई अब के गर्ने भन्नेमा अन्यौल भएको बताउँछन् ।

सात जनाको परिवारमा चार जनाले गिटी–बालुवामा आफ्नो रोजगारी चलाएर परिवार पालिँदै आएको उनको परिवार अबका दिन खान–लाउन र घर बनाउँदा पाक्षिक किस्तामा लिएको एक लाख ऋण कसरी तिर्नु भन्नेमा चिन्तित छ ।

उनी मात्र होइन, नौजना परिवार भएकी ४० वर्षीय रामगायत्रा दनुवार पनि त्यसै कुराबाट चिन्तित छन् । ‘अरु काम जानेको छैन, काम पनि पाइँदैन । के खानु, केलाउनु ?’ अन्यौलताले छाएर केही सोच्न नसकेको उनी बताउँछिन् ।

खोलाबाट सङ्कलित बालुवा ४००, गिटी ८०० र ढुङ्गा ५०० प्रतिट्रयाक्टर उनीहरूले बेच्ने गरेका छन् । परिवारका दुई जनाको सो बेचेर साप्ताहिक तीन हजार जति कमाउने कमल माझी बताउँछन् ।

खोलामा गिटी चाल्ने अधिकांश मजदुरको आफ्नो नाममा जग्गा छैन । सरकारले स्काभेटर र जेसीभीलाई खोला प्रवेशमा रोक, मजदुरको गाँस, बास, कपासको व्यवस्थाका साथै बालबालिकाको शिक्षा सुनिश्चित र ऋण मिनाह गरिदिए मजदुर कहिल्यै खोला नपस्ने बताउँछन् भक्त सोङ्मेङ राई ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न